नेभिगेशन
समाज

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची, विभिन्न देशका उच्चस्तरीय नेतासँग साइडलाइन बैठक

न्युयोर्क । संयुक्त राष्टसङ्घको ८१औँ महासभामा भाग लिन अमेरिकी सहर न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालको कार्यसूची निकै व्यस्त देखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान न्युयोर्क आइपुगेका परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घीय महासभामा भाग लिन आएका विभिन्न देशका विदेशमन्त्री तथा प्रतिनिधि मण्डलसँगको भेटघाटमा व्यस्त भएका हुन् ।  

Ncell
Extreme Energy

व्यस्त कार्यसूचीकाबीच सोमबार साँझदेखि नै यहाँ आयोजित द्विपक्षीय, बहुपक्षीय र सामरिक रुपमा महत्व रहेका कार्यक्रममा सहभागिता जनाउनुका साथै उनले विभिन्न संस्थाका प्रतिनिधिसँग भेटघाट गरिरहेको संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगले जनाएको छ ।  

मन्त्री खनालले बुधबार मात्र भारतीय विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस अवसरमा मन्त्री खनालले नेपालमा गत भदौ १० गते गएको रसुवाबाढीका बारेमा प्रारम्भिक जानकारी गराउँदै दुःखद् क्षणमा छिमेकी मित्रराष्ट्र भारतले नेपाललाई गरेको सहयोगको प्रशंसा गरेका थिए ।

त्यस अवसरमा भारतीय विदेशमन्त्री जयशङ्करले परराष्ट्रमन्त्री खनालमार्फत नेपाल र नेपाली जनताप्रति हार्दिक सहानुभूति व्यक्त गरेका थिए । 

त्यसैगरी, नेपालको मित्रराष्ट्र जापानका परराष्ट्रमन्त्री मोतेगी तोसिमीत्सुसँग पनि मन्त्री खनालले भेटवार्ता गरे । त्यस अवसरमा मन्त्री खनालले नेपालको हालैको विपत्तिसँग जुध्न तथा नेपाललाई परेको विपद्का बेलामा जापानले नेपाललाई गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए । 

सो भेटका अवसरमा बाढीपछिको असहज अवस्थामा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै जापानी परराष्ट्रमन्त्रीले नेपालको आपतकालीन अवस्थालाई दृष्टिगत गरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा सहयोग गर्न तयार रहेको जानकारी गराएका थिए । 

उनले आपतकालीन सहयोगअन्तर्गत ३० लाख अमेरिकी डलर तत्कालै उपलब्ध गराइने जानकारी पनि मन्त्री खनाललाई दिएका थिए । दुवै देशका परराष्ट्रमन्त्रीहरु यहाँ आयोजित संयुक्त राष्ट्रसङ्घको महासभाअन्तर्गत ‘साइडलाइन’ बैठकमा परराष्ट्र«मन्त्री तोसिमीत्सुले उक्त भनाइ राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटका अवसरमा मन्त्री तोसिमीत्सुले नेपालमा भएको महाविपत्तिको कारणले व्यहोर्नुपरेको क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै पीडित परिवारजनमा सहानुभूति रहेको दोहोर्याए । 

न्युयोर्कस्थित नेपाली मिसनका अनुसार जापानको घनिष्ट मित्रका हैसियतले नेपाललाई यथासक्य सहयोग  गर्ने जापानको चाहना रहेको पनि मन्त्री तोसिमीत्सुले भेटमा बताएका थिए । 

यसैगरी, नेपाल र जापानबीच दौत्य सम्वन्ध स्थापना भएको ७० वर्षको वर्षगाँठ यसैवर्षसमेत परेकाले त्यस अवसरमा ‘नोभेम्वर’मा काठमाडौँमा आयोजना हुने नेपाल–जापान ‘फेष्टिवल’ले दुई देशको मितवत् सम्बन्धलाई थप उचाई पुर्याउने विश्वास उनले व्यक्त गरेका थिए ।  

व्यस्त कार्यसूचीका बीच परराष्ट्रमन्त्री खनालले साइडलाइन भेटवार्ताअन्तर्गत नै अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग भेटघाट गरे । मन्त्री खनालसँगको भेटपछि उपविदेशमन्त्री हुकरले बाढीका कारण अप्ठ्यारोमा परेको नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । लगत्तै, अमेरिकाकोतर्फबाट नेपाललाई थप तीन करोड १० लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय सार्वजनिक भएको थियो ।

अमेरिकी विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा हुकरले भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीका कारण पीडित व्यक्ति तथा परिवारजनप्रति सहानुभूति व्यक्त गरेका थिए । सोही अवसरमा उनले एक करोड अमेरिकी डलर स्थायी पुल निर्माणको लागि प्रदान गरिने जानकारी पनि गराएका थिए । 

यसैगरी, उनले ८० लाख अमेरिकी डलर रकम सरसफाई, पिउने पानी, आश्रयस्थल निर्माण र बाढी प्रभावित नागरिकको जीवनरक्षाका लागि समुदायलाई प्रदान गरिने उल्लेख गरे । सो विज्ञप्तिमा प्रकोपका बारेमा जानकारी दिने प्रयोजनका लागि करिब एक करोड ३० लाख अमेरिकी डलर बराबरका ड्रोन उपलब्ध गराइने पनि उल्लेख गरिएको छ ।

यसैगरी, साइडलाइन भेटवार्ताकै क्रममा परराष्ट्रमन्त्री खनालले युगाण्डा, माल्दिभ्सलगायतका देशका परराष्ट्र मन्त्रीहरुसँग पनि भेटघाट गरेर जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका बारेमा जानकारी गराएका थिए । 

व्यस्त कार्यसूचीकाबीच परराष्ट्रमन्त्री खनालले जलवायु न्यायका पक्षमा ऐक्यबद्धतासहित आवश्यक सहयोगका पक्षमा सदस्य राष्ट्रहरुसँग ‘लविङ’ गरिहेको न्युयोर्कस्थित नेपाली स्थायी नियोगले जनाएको छ ।   

उनले यी भेटवार्ताका क्रममा नेपालमा जलवायु परिवर्तनका कारण विविध समस्या उत्पन्न भइरहेको र भोटेकोशी नदीमा गएको बाढी त्यसको पछिल्लो उदाहरण रहेको जानकारी गराउँदै जलवायु न्यायका लागि नेपाललाई सहयोग गर्न विश्वका नेता, आफ्ना समकक्षीहरु र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग आग्रह गरिरहेका छन् । 

मन्त्री खनालले अमेरिकी चेम्बर अफ कमर्शका प्रतिनिधिलाई भेटेर लगानी, व्यापारलगायत विषयमा छलफल पनि गरे । 

साथै मन्त्री खनालले मङ्गलबार नै भारत सरकारले अयोजना गरेको ‘ग्लोबल साउथ’ कार्यक्रममा सहभागिता जनाएर मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन पनि गरे । 

यसैबीच, राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह बुधबार न्युयोर्क आइपुगेका छन् । 

प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेर स्वदेश फर्कने कार्यक्रम रहेकाले परराष्ट्रमन्त्री खनाल साइडलाइन बैठकमा व्यस्त हुने कार्यसूची छ ।  

मन्त्री खनाल अरु केही दिन न्युयोर्कमै रहने भएकाले साइडलाइन भेटवार्ता एवं बैठक अरु पनि हुने कार्यसूचीमा रहेको छ । मन्त्री खनालसँगै परराष्ट्रमन्त्रालयका सचिव अमृतबहादुर राई र वासिङ्टनडिसीस्थित नेपाली दूतावासका प्रतिनिधि पनि सहभागी भएका छन् । 

यसैगरी, कतिपय राष्ट्रसङ्घीय साइडलाइन बैठकहरूमा संयु्क्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा पनि सहभागी छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक पारित

संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक पारित

विधेयकमा सरकारी कोषबाट निवृत्तभरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै व्यक्ति कुनै प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भएमा, सो पदमा बहाल रहेसम्म निवृत्तभरण नपाउने व्यवस्था गरिएको...
एमाले केन्द्रीय समितिमा विष्णु रिजालले राखेका ८ सुझाव

एमाले केन्द्रीय समितिमा विष्णु रिजालले राखेका ८ सुझाव

एमाले केन्द्रीय सदस्य विष्णु रिजलले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनलाई समर्थन गर्दै अब अविश्वास हटेको दाबी गरेका छन्