नेभिगेशन
समाज

उपत्यकासहित देशभर वर्षा, जनजीवन प्रभावित (तस्बिरहरू)

काठमाडौँ ।  मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव र बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीले देशभरको जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकासहित देशभर बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार बिहानैदेखि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिममा आंशिक बदली छ भने कोशी, मधेश र बागमतीका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षा भइरहेको छ ।

Marvel
Extreme Energy

बंगालको खाडीमा रहेको गहिरो न्यूनचापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा तट पार गरेर उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यसको प्रभाव नेपालमा पनि परेको हो ।

बिहीबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानका साथै मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान छ । मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

लगातार वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढ्ने, पहाडी क्षेत्रमा पहिरो तथा सडक अवरुद्ध हुन सक्ने जोखिम छ । त्यसैले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

Raining---787-1790239035.jpg

Raining---784-1790239032.jpg

Raining---783-1790239030.jpg

Raining---782-1790239028.jpg

Raining---781-1790239024.jpg

Raining---780-1790239023.jpg

Raining---779-1790239019.jpg

Raining---777-1790239019.jpg

Raining---774-(1)-1790239015.jpg

Raining---776-1790239015.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज