नेभिगेशन
समाज

हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

मकवानपुर । हेटौंडा हुँदै काठमाडौँ आउने छोटो दूरीका  राजमार्गहरु शुक्रबार बेलुकीदेखि रातिमा बन्द हुने भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रशासन कार्यालय, मकवानपुरले अर्को सूचना जारी नभएसम्मका लागि शुक्रबार बेलुकी ५ बजेपछि हेटौंडा बजार भएर काठमाडौंतर्फ जाने सवारीलाई हेटौंडा–६ स्थित चौघडा बजारमा र कुलेखानी, सिस्नेरी, फाखेल, फर्पिङ, दक्षिणकालीहुँदै काठमाडौं जाने सवारीलाई हेटौंडा–१ स्थित चौकीटोलमा बिहान ५ बजेसम्म होल्ड गराउने भएको छ ।
 
जल तथा मौसम विभागले असोज ९ गते शुक्रबार ११ गते आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको सूचना प्रक्षेपण गरेपछि तीे सडक मार्गमा बाढी पहिरोको जोखिमबाट जोगाउन सवारी आवागमन बन्द गराइएको मकवानपुर प्रशासनले जनाएको छ । 

Ncell
Extreme Energy

प्रशासनद्वारा जारी सूचनामा बेलुका ७ बजेपछि बिहान ५ बजेसम्म ती राजमार्गमा रातको समयमा सबै सवारीलाई रोक लगाउने भएको छ ।

यस्तै, अन्य विभिन्न जिल्लाले पनि रातिमा जोखिमयुक्त क्षेत्रका सडकमा सवारी सञ्चालनमा रोक लगाउने सूचना जारी गरेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।
एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

नेकपा एमाले केन्द्रीय सदस्यमा २० नेता मनोनीत भएका छन् ।
विद्या भण्डारी एमाले वरिष्ठ नेता प्रस्तावित

विद्या भण्डारी एमाले वरिष्ठ नेता प्रस्तावित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् ।
कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

निरन्तरको बर्षाकाकारण जलसतह बढन सक्ने अवस्थालाई दृष्टिगत गरी साइरनका माध्यमबाट सर्वसाधारणलाई सुसूचित गराउन ती ठाउँमा साइरनको व्यवस्था गरिएको उनले बताए । यद्यपि इन्द्र सरोवरमा हाल जलसतह सामान्य अवस्थामा...