नेभिगेशन
समाज

सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको त्यो चेतावनी

सोलुखुम्बु । तीन वर्षअघि सगरमाथाको काखमा उभिएर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भनेका थिए– ‘विश्वको छाना खसिरहेको छ।’ तीव्र गतिमा पग्लिरहेका हिमनदी, बढिरहेका हिमताल र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमतर्फ विश्वको ध्यान खिच्दै उनले दिएको त्यो चेतावनी अहिले नेपालमा देखिएका हिमाली विपद्का घटनाबीच फेरि विश्वमञ्चमा प्रतिध्वनित भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सन् २०२३ अक्टोबर ३० मा सोलुखुम्बुको खुम्बु क्षेत्रमा पुगेका गुटेरेसले नेपालले तीन दशकमा आफ्नो करिब एकतिहाइ बरफ गुमाइसकेको र पछिल्लो दशकमा हिमनदी पग्लिने दर अघिल्लो दशकको तुलनामा ६५ प्रतिशतले बढेको बताएका थिए।

Ncell
Extreme Energy

हिमालयका हिमनदीले एक अर्बभन्दा बढी मानिसलाई ताजा पानी उपलब्ध गराउने भएकाले यसको क्षयीकरण हिमाली क्षेत्रको मात्रै समस्या नभई विश्वव्यापी संकट भएको उनको भनाइ थियो।

तीन वर्षअघि सगरमाथाको काखबाट दिएको त्यही चेतावनी गुटेरेसले हालै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्ने क्रममा पुनः स्मरण गरेका छन्। जलवायु परिवर्तनका असर अपेक्षा गरिएभन्दा तीव्र रूपमा देखिइरहेको भन्दै उनले त्यसबेला आफूले दिएको चेतावनीलाई विश्वले गम्भीरतापूर्वक लिनुपर्ने सन्देश दिएका छन्।

‘त्यो वाक्य आज झन् सान्दर्भिक भयो’

गुटेरेसको नेपाल भ्रमणका क्रममा सगरमाथा क्षेत्रमा उनलाई हिमाली क्षेत्रमा भइरहेको जलवायु परिवर्तनबारे प्रत्यक्ष जानकारी गराउनेमध्येका एक पर्यटनविद् आङछिरिङ शेर्पा थिए।

खुम्बु क्षेत्रमा रहेको एभरेस्ट भ्यु होटलमा गुटेरेसलाई हिमनदी तीव्र गतिमा पग्लिनु, हिमताल बढ्नु, हिमपहिरो तथा हिमाली समुदाय र पर्वतीय पर्यटनमा परेको प्रभावबारे प्रत्यक्ष रूपमा जानकारी गराएको शेर्पा सम्झन्छन्।

उनका अनुसार त्यसबेला हिमाली क्षेत्रमा देखिएको परिवर्तन नेपाल वा हिमाली मुलुकको मात्र समस्या नभई सम्पूर्ण मानवजातिको भविष्यसँग जोडिएको विश्वव्यापी संकट हो भन्ने सन्देश विश्वसामु पुर्‍याउने प्रयास गरिएको थियो।

“आज संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपालबाट व्यक्त गर्नुभएको त्यही चेतावनी र सन्देश स्मरण गर्दा ३० अक्टोबर २०२३ को त्यो क्षण फेरि आँखा अगाडि झल्झली आउँछ,” शेर्पाले भने।

गुटेरेसले सगरमाथाको काखबाट ‘विश्वको छाना खसिरहेको छ’ भनेको कुरा सामान्य अभिव्यक्ति नभई हिमालमा भइरहेको तीव्र परिवर्तनप्रतिको चेतावनी भएको शेर्पाको भनाइ छ।

“त्यो वाक्य केहीलाई त्यतिबेला बढाइचढाइ गरिएको अभिव्यक्तिजस्तो लाग्न सक्छ। तर आज हिमनदी तीव्र रूपमा पग्लिरहेका छन्, हिमताल बढिरहेका छन्, नयाँ जोखिम सिर्जना भइरहेका छन्। हिमपहिरो र बाढीका घटना बढिरहेका छन्,” उनले भने।

हिमाली क्षेत्रमा भइरहेको परिवर्तनबाट हिमाली समुदाय र पर्यटन क्षेत्रसमेत प्रत्यक्ष प्रभावित भइरहेको उनले बताए।

“त्यसैले त्यो केवल भावनात्मक अभिव्यक्ति थिएन, हिमालमा देखिइरहेको वास्तविक परिवर्तनप्रतिको चेतावनी थियो,” शेर्पाले भने।

हिमालको संकट नेपालमा मात्रै सीमित छैन

पछिल्ला वर्षमा नेपालको हिमाली क्षेत्रमा हिमनदी पग्लिने क्रम, हिमतालको विस्तार, हिमपहिरो तथा बाढीका घटनाले जोखिम बढाउँदै लगेको पर्यटन व्यवसायी स्पिडकाजी शेर्पाको भनाइ छ।

यस्ता घटनाले हिमाली बस्ती, पूर्वाधार, पर्यटन तथा स्थानीय जीविकोपार्जनमा समेत असर पारिरहेको उनले बताए।

हिमालयमा भइरहेको परिवर्तनको प्रभाव नेपालमा मात्रै सीमित नरहेको विज्ञहरूको भनाइ छ। हिमालयबाट उत्पत्ति हुने नदी प्रणालीमा आश्रित दक्षिण एसियाको ठूलो जनसङ्ख्या र कृषि प्रणालीसमेत यसबाट प्रभावित हुनसक्ने भएकाले हिमाली क्षेत्रमा भइरहेको परिवर्तनलाई विश्वव्यापी जलवायु संकटको महत्वपूर्ण सूचकका रूपमा हेरिँदै आएको छ।

पर्यटनविद् आङछिरिङ शेर्पाका अनुसार नेपालका हिमालले विश्वलाई साहस, प्रेरणा, पानी, जैविक विविधता र प्राकृतिक सम्पदा दिइरहेका छन्। त्यसैले हिमाल संरक्षणको जिम्मेवारी नेपाल मात्रैको नभई विश्व समुदायको पनि भएको उनी बताउँछन्।

तीन वर्षअघि सगरमाथाको काखबाट गुटेरेसले दिएको ‘विश्वको छाना खसिरहेको छ’ भन्ने चेतावनी र अहिले हिमाली क्षेत्रमा देखिइरहेका परिवर्तनले एउटा प्रश्न फेरि अगाडि ल्याएको छ– हिमालमा देखिएको संकटलाई विश्वले अझै चेतावनीकै रूपमा लिने कि तत्काल कदम चाल्ने?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अष्ट्रेलियाका प्रधानमन्त्रीले भेटे बालेन, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता

अष्ट्रेलियाका प्रधानमन्त्रीले भेटे बालेन, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता

प्रधानमन्त्री वालेन्द्र शाहसँग अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भेट गरेका छन् ।
भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

बागलुङको कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर बाढी पहिरोको उच्च जोखिममा रहेको पाइएको छ ।
‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

प्रधानमन्त्री बालेन शाहले युद्धका लागि हतियार सहजै विश्वका विभिन्न ठाउँमा पुग्ने भए पनि किसानका लागि मल र इन्धनको आपूर्ति सहज हुन नसकेको भन्दै प्रश्न उठाएका छन्।
कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा पूर्वसचेतना अभियान सञ्चालन गरिएको छ ।

भर्खरै