नेभिगेशन
समाज

‘जलवायु संकटको मूल्य नेपालले चुकाउँदैछ, प्रदूषक राष्ट्रले बढी जिम्मेवारी लिनुपर्छ’

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गर्ने नेपालले जलवायु परिवर्तनको असाध्यै ठूलो मूल्य चुकाइरहेको भन्दै ऐतिहासिक रूपमा बढी प्रदूषण गर्ने राष्ट्रहरूले अब बढी जिम्मेवारी लिनुपर्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अति कम विकसित राष्ट्र (एलडीसी) भए पनि नेपालले आफ्नो दायित्वभन्दा बढी वातावरणीय योगदान गरिरहेको दाबी गरे।

Ncell
Extreme Energy

उनले नेपालले आफ्नो आधाजसो भूभाग वनजङ्गलले ढाकेको, प्रदूषणकारी ऊर्जालाई विस्थापित गर्न तीव्र गतिमा जलविद्युत् उत्पादन गरिरहेको र विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा युरोपका कतिपय हिस्सासँग दाँज्न सकिने अवस्था बनाएको बताए।

बढ्दो जलवायुजन्य विपद्को सामना गर्न स्थानीय तहमा जलवायु अनुकूलनका कामलाई थप बलियो बनाउँदै लैजाने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

प्रधानमन्त्री शाहले नेपालका लागि जलवायु महाविपत्ति केवल मानवीय संकट नभई ‘विकासको आपत्काल’ समेत भएको बताए।

जलवायु परिवर्तनको भार असमान रूपमा परेको उल्लेख गर्दै उनले ऐतिहासिक रूपमा बढी प्रदूषण गर्ने राष्ट्रहरूले जलवायु संकट समाधानमा बढी जिम्मेवारी लिनुपर्नेमा जोड दिए।

“जलवायु न्याय संयुक्त राष्ट्रसंघको दस्ताबेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्नु हुँदैन। हाम्रा नागरिकले निरन्तर आफ्नो विगतको पुनर्निर्माण गरिरहनुको सट्टा अब आफ्नो भविष्य निर्माण गर्न पाउनुपर्छ,” उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अष्ट्रेलियाका प्रधानमन्त्रीले भेटे बालेन, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता

अष्ट्रेलियाका प्रधानमन्त्रीले भेटे बालेन, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता

प्रधानमन्त्री वालेन्द्र शाहसँग अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भेट गरेका छन् ।
भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

बागलुङको कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर बाढी पहिरोको उच्च जोखिममा रहेको पाइएको छ ।
‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

प्रधानमन्त्री बालेन शाहले युद्धका लागि हतियार सहजै विश्वका विभिन्न ठाउँमा पुग्ने भए पनि किसानका लागि मल र इन्धनको आपूर्ति सहज हुन नसकेको भन्दै प्रश्न उठाएका छन्।
कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा पूर्वसचेतना अभियान सञ्चालन गरिएको छ ।

भर्खरै