नेभिगेशन
समाज

भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौँ । कृषि विभागले हुरीबताससहित भारी वर्षाको सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन आग्रह गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसममा देखिएको फेरबदल तथा अविरल वर्षाका कारण धानबालीलगायत अन्य उत्पादनको संरक्षणका लागि किसानलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।

Ncell
Extreme Energy

भित्र्याउन तयार भएको धानलाई केही दिन परिपक्व भएपछि मात्र काट्न तथा काटेर भित्र्याउन छोडेको धानलाई हावा खेल्ने ठाउँमा राख्न र धानखेतको विभिन्न ठाउँबाट पानीको निकासका लागि आवश्यक प्रबन्ध गर्न किसानलाई सूचित गरेको छ । भण्डारण गरिएका खाद्य वस्तुको नियमित अनुगमन गर्न अनुरोध गरिएको विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।

यस्तै, उच्चपहाडी क्षेत्रमा भाँच्ने बेला भएको मकै तुरुन्त भाँचेर ओतमा राखी हावा खेल्ने ठाउँमा फिजाउन भनिएको छ । कृषि सञ्चार तथा मानव संसाधन विकास केन्द्रले गोठ, खोरका छाना हुरीबतासले उडाउन नसक्नेगरी बलियोसँग बाँधेर वा भार राखेर सुरक्षित गर्न, आफ्ना पशुचौपायालाई अग्लो र सुरक्षित स्थानमा सार्न सन्देश प्रवाह गरेको छ । 

किसानका बाली तथा उत्पादनलाई क्षति कम गर्न जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनका आधारमा आवश्यक सूचना तथा सन्देश पठाइने केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षाको सम्भावना सर्‍यो बागमतीदेखि सुदूरपश्चिमतर्फ

भारी वर्षाको सम्भावना सर्‍यो बागमतीदेखि सुदूरपश्चिमतर्फ

नेपालको मौसममा अहिले तीनवटा पानी पार्ने प्रणालीको असर देखिएको छ।
अष्ट्रेलियाका प्रधानमन्त्रीले भेटे बालेन, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता

अष्ट्रेलियाका प्रधानमन्त्रीले भेटे बालेन, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता

प्रधानमन्त्री वालेन्द्र शाहसँग अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भेट गरेका छन् ।
भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

बागलुङको कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर बाढी पहिरोको उच्च जोखिममा रहेको पाइएको छ ।
‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

प्रधानमन्त्री बालेन शाहले युद्धका लागि हतियार सहजै विश्वका विभिन्न ठाउँमा पुग्ने भए पनि किसानका लागि मल र इन्धनको आपूर्ति सहज हुन नसकेको भन्दै प्रश्न उठाएका छन्।