नेभिगेशन
समाज

आज यी स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर आज अधिकांश स्थानमा बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू-भागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका अधिकांश स्थानमा वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाडी भू-भागका अधिकांश स्थानमा तथा मधेश प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ।

Ncell
Extreme Energy

सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ।

मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीसमेत चल्न सक्ने मौसम पूर्वानुमान गरिएको छ।

बंगालको खाडीको प्रणाली कमजोर हुँदै जाने

 हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको महाशाखाले बताएको छ।

यसैबीच, बंगालको खाडीमा विकसित बलियो न्यूनचापीय प्रणाली (डीप डिप्रेसन) भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासमा रहेको छ।

उक्त प्रणाली सुरुमा बलियो न्यूनचापीय प्रणालीकै तीव्रता कायम राख्दै उत्तर–पश्चिमतर्फ सर्ने सम्भावना रहेको छ। त्यसपछि आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुँदै जाने सम्भावना रहेको मौसम विश्लेषणमा उल्लेख छ।

यस प्रणालीको प्रभाव र देशमा रहेको मनसुनी तथा पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भू-भागमा बदलीसँगै वर्षाको गतिविधि बढ्ने देखिएको हो।

भारीदेखि अति भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, डुबान, पहिरो तथा यातायातमा अवरोध हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रोशी खोलाले गर्‍यो सतर्कता तह पार

रोशी खोलाले गर्‍यो सतर्कता तह पार

काभ्रेपलाञ्चोकको रोशी खोलामा जलसतहले सतर्कता तह पार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।
भारी वर्षाको सम्भावना सर्‍यो बागमतीदेखि सुदूरपश्चिमतर्फ

भारी वर्षाको सम्भावना सर्‍यो बागमतीदेखि सुदूरपश्चिमतर्फ

नेपालको मौसममा अहिले तीनवटा पानी पार्ने प्रणालीको असर देखिएको छ।
अष्ट्रेलियाका प्रधानमन्त्रीले भेटे बालेन, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता

अष्ट्रेलियाका प्रधानमन्त्रीले भेटे बालेन, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता

प्रधानमन्त्री वालेन्द्र शाहसँग अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भेट गरेका छन् ।
भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

बागलुङको कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर बाढी पहिरोको उच्च जोखिममा रहेको पाइएको छ ।