नेभिगेशन
समाज

कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

काठमाडौँ । भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा पूर्वसचेतना अभियान सञ्चालन गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भीमदत्त नगरपालिकाका नगर प्रहरीले महाकाली नदीको तटीय क्षेत्रमा सचेतनाका लागि माइकिङ गरिरहेको नगर उपप्रमुख निलम लेखक जोशीले जानकारी दिइन् ।

Ncell
Extreme Energy

“बाढी तथा डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि बस्ती–बस्तीमा पुगेर सचेतना अभियान नै चलाइएको छ”, उनले भनिन्, “पूर्वानुमानसँगै भीमदत्त नगरपालिका क्षेत्रका निजी तथा संस्थागत विद्यालयमा बिदा दिइएको छ ।”

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बिहीबारको बैठकले विपद्का बेला उद्धार, राहत र नागरिकको सुरक्षालाई ध्यानमा राखेर आवश्यक कदम चाल्ने तयारी गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जिल्लाका सबै पालिकामा विपद् प्रतिकार्यका लागि सुरक्षा संयन्त्रसहित आवश्यक तयारी गरिएको बताए । उनले यहाँको खल्ला मसेटी, महाकाली नदी छेउछाउ र दोदा नदीलगायतका खोलानालामा बाढी आउनसक्ने भन्दै सचेत रहन पालिका, वडा र प्रहरी प्रशासनबाट माइकिङ भइरहेको बताए ।

उनले बिहीबार उच्च सतर्कता अपनाउन अनुरोधसहितको सूचनासमेत जारी गरिएको बताउँदै भारी वर्षाका बेला यात्रा नगर्न, महाकाली, जोगबुढा, मछेली, दोदालगायत नदीकिनार, तटीय क्षेत्र डुबान हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए ।

यस्तै, कञ्चनपुरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विपद्का बेला हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गरेको जनाएका छन् । 

खोला किनारका बस्तीमा पूर्वसूचना र निगरानी बढाइयो

भारी वर्षाको सम्भावनासँगै झापाका नदी तथा खोला किनारका बस्तीमा सशस्त्र प्रहरीले पूर्वसूचना, निगरानी र उद्धार तयारीलाई तीव्र बनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज ११ गतेसम्म भारी वर्षाको सम्भावना औँल्याएपछि सशस्त्र प्रहरीले यहाँको मेची, कनकाई, रतुवा र बिरिङ खोलालगायतका आसपासका गाउँबस्तीमा विपद्जन्य जोखिमबारे सचेतनामूलक माइकिङ सुरु गरेको हो । 

बिहीबारदेखि सुरु गरेको माइकिङलाई आगामी दिनमा पनि निरन्तरता दिइने सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाले जनाएको छ । गणका सूचना अधिकारी जोगेन्द्र केसीका अनुसार सम्भावित बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राखेर खोला तथा नदीको नियमित निगरानी, जोखिमयुक्त क्षेत्रको पहिचान र पेट्रोलिङलाई प्राथमिकता दिइएको छ ।

उनका अनुसार पुल, तटबन्ध, कमजोर किनारा, नदी तथा खोला आसपासका बस्ती र डुबान हुनसक्ने स्थानमा विशेष निगरानी गरिनेछ । पानीको सतह र बहावको अवस्था तथा तटबन्धको अवस्थासमेत नियमित अवलोकन गरी जोखिम देखिए तत्काल सम्बन्धित युनिटमा सूचना आदानप्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि उद्धार टोलीदेखि आवश्यक उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक श्रवणकुमार पोखरेलले सम्भावित विपद्को अवस्थालाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए । 

बबइ नदीको तटीय क्षेत्रमा सचेतना 

दाङको तुलसीपुर उपमहानगरपालिकाले बबइ नदी तटीय क्षेत्रका नागरिकलाई सचेत गराएको छ । लगातार वर्षा हुँदा नदीको बहाव बढ्न सक्ने भन्दै उपमहानगरपालिकाका कार्यबहाक नगरप्रमुख माधव वली नेतृत्वको टोलीले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो । 

नगर विपद् व्यवस्थापन समितिले नगरस्तरीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४सै घण्टा सक्रिय रूपमा सञ्चालनमा राख्ने निर्णय गरेको छ । विपद्को समयमा सूचना सङ्कलन, समन्वय र तत्काल सहायताका लागि जनशक्ति, हटलाइन, इन्टरनेट र सञ्चार साधनसहित आपतकालीन केन्द्रलाई २४ घण्टा तयारी अवस्थामा राखिएको छ ।

खोज तथा उद्धारकार्यलाई थप तीव्र र प्रभावकारी बनाउन सुरक्षा निकाय, नगर प्रहरी, स्वास्थ्यकर्मी, प्यारामेडिक्स, रेडक्रस स्वयंसेवक, हेभी इक्विपमेन्ट अपरेटर, एम्बुलेन्स चालक, स्काउट तथा स्थानीय युवा क्लबका प्रतिनिधि समावेश गरी एकीकृत नगर द्रुत प्रतिकार्य टोली गठन गरिएको छ ।

नदी तथा खोलाहरूको उच्च जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने र मोबाइल एसएमएस, सामाजिक सञ्जाल तथा माइकिङमार्फत पूर्वसूचना प्रवाह गरिनेछ । 

प्रभावित नागरिकलाई स्थानान्तरण गर्न खाली सार्वजनिक स्थान, विद्यालय र सामुदायिक भवनलाई न्यूनतम सुविधासहित अस्थायी आश्रयस्थलका रूपमा तयारी अवस्थामा राखिने छ । त्रिपाल, कम्बल, म्याट, खाद्यान्न र उद्धारका उपकरण खरिद तथा भण्डारण गरी नगरस्तरीय विपद् व्यवस्थापन कोषबाट बजेट परिचालन गरिने उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।
रोशी खोलाले गर्‍यो सतर्कता तह पार

रोशी खोलाले गर्‍यो सतर्कता तह पार

काभ्रेपलाञ्चोकको रोशी खोलामा जलसतहले सतर्कता तह पार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।
भारी वर्षाको सम्भावना सर्‍यो बागमतीदेखि सुदूरपश्चिमतर्फ

भारी वर्षाको सम्भावना सर्‍यो बागमतीदेखि सुदूरपश्चिमतर्फ

नेपालको मौसममा अहिले तीनवटा पानी पार्ने प्रणालीको असर देखिएको छ।