नेभिगेशन
समाज

काठमाडौँका नदी तटीय क्षेत्र जोखिममा

काठाडौँ । हिजोदेखिको निरन्तर वर्षाका कारण काठमाडौँ उपत्यकाका अधिकांश नदी तथा खोलामा पानीको बहावले खतराको तह पार गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागमती, विष्णुमती, धोबिखोला, मनोहरा लगायत नदी तथा खोलामा पानीको बहाव बढेको छ । वर्षा जारी रहँदा नदीमा पानीको मात्रा बढ्ने क्रम पनि जारी छ । 

Marvel
Extreme Energy

काठमाडौँका नदीहरुमा जलस्तर बढेपछि प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित सुरक्षा अधिकारीहरुले बागमती नदी किनार क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

प्रजिअ पौडेलले निरीक्षणसँगै नदीको बहाव, नदी किनारको अवस्था तथा सम्भावित जोखिमयुक्त क्षेत्रको निरीक्षण गर्दै आसपासका बस्ती र संरचनामा हुनसक्ने जोखिमबारे अन्य सुरक्षा निकायका अधिकारीहरुसँग जानकारी लिएका छन् ।

नदी किनारका बस्तीमा डुबानको जोखिम बढेपछि तटीय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । विशेषगरी करिडोर सडकमा विशेष सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज