नेभिगेशन
समाज

बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

काठमाडौँ । लगातारको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन बल्खु, कलंकी र नागढुंगामा होल्ड गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार साँझ ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक सवारीसाधन, मोटरसाइकललगायत सम्पूर्ण सवारीसाधन नागढुंगा क्षेत्रमा रोकिएको हो। वर्षाका कारण सडकमा हुनसक्ने पहिरो, ढुंगा खस्ने तथा सडक अवरुद्ध हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कताका रूपमा सवारीसाधन रोकिएको जनाइएको छ।

Ncell
Extreme Energy

नागढुंगा–नौबिसे सडकखण्ड हुँदै धादिङ, चितवन, पोखरा, गोरखालगायत विभिन्न जिल्लातर्फ जाने सवारीसाधनलाई नागढुंगामै रोकेर राखिएको छ। लामो दूरीका यात्रुवाहक बस तथा मालवाहक सवारीसाधनसमेत होल्डमा परेपछि यात्रु तथा चालकहरू प्रभावित भएका छन्।

लगातारको वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा सडकमा लेदो आउन सक्ने सम्भावना रहेकाले जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन सञ्चालनमा ल्याइने बताइएको छ। सडकको अवस्था र मौसममा सुधार आएपछि सुरक्षा निकाय तथा सम्बन्धित निकायको समन्वयमा सवारी साधनलाई क्रमशः गन्तव्यतर्फ पठाइने तयारी गरिएको छ।

सम्भावित जोखिमका कारण यात्रुलाई अनावश्यक रूपमा यात्रा नगर्न तथा लामो दूरीको यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र प्रस्थान गर्न आग्रह गरिएको छ। वर्षाका कारण नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको चाप बढ्न सक्ने भएकाले यात्रुलाई धैर्य गर्नसमेत अनुरोध गरिएको छ।
 तस्बिर– नेपाल फोटो लाइब्रेरी

Naagdhunga_-860-1790320354.jpg

Naagdhunga_-859-1790320354.jpg

Naagdhunga_-849-1790320349.jpg

Naagdhunga_-853-1790320349.jpg

Balkhu-Road-Vehicle_NPL-(3)-1790320347.jpeg

Balkhu-Road-Vehicle_NPL-(1)-1790320347.jpeg

Balkhu-Road-Vehicle_NPL-(7)-1790320348.jpeg

Balkhu-Road-Vehicle_NPL-(15)-1790320348.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पछिल्लो २४ घण्टामा २१२.८ मिलिमिटर वर्षा भएको छ।
मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

काठमाडौंमा लगातार सिमसिमे झरी परिरहेको छ। लगातारको झरीका कारण काठमाडौं उपत्यकाको बागमती जलाधारअन्तर्गतका नदी, खोलाको सतह बढेका छन्।
आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

“हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ सर्दै जानेछ,” मौसमविद् लामिछानेले भने, “आज...
काठमाडौँका नदी तटीय क्षेत्र जोखिममा

काठमाडौँका नदी तटीय क्षेत्र जोखिममा

हिजोदेखिको निरन्तर वर्षाका कारण काठमाडौँ उपत्यकाका अधिकांश नदी तथा खोलामा पानीको बहावले खतराको तह पार गरेको छ ।