नेभिगेशन
समाज

पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

काठमाडौं। पाल्पाको अर्चले केन्द्रमा पछिल्लो २४ घण्टामा २१२.८ मिलिमिटर वर्षा भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१४ भन्दा बढी केन्द्रमा सय मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ।

Ncell
Extreme Energy

गण्डकोट केन्द्रमा १२६.८, अर्घाखाँची केन्द्रमा १२५.४, सिमलपानीमा ११६, कुमालगाउँ केन्द्रमा ११५.६, चापाकोट केन्द्रमा १०९.६, अत्रौलीटारमा ११७, देउराली नवलपुरमा ११५.६, दुम्कीबासमा ११४.८, मेघौलीमा १०२.६ मिलिमिटर वर्षा भएको छ।

काठमाडौंमा लगातार सिमसिमे झरी परिरहेको छ। लगातारको झरीका कारण काठमाडौं उपत्यकाको बागमती जलाधारअन्तर्गतका नदी, खोलाको सतह बढेका छन्।

बागमती, मनोहरा लगायत कतिपय नदीको सतह सतर्कता तह आसपास पुग्न लागेपछि प्रशासनले सतर्क गराएको छ।

काठमाडौं उपत्यकामा सबैभन्दा बढी बूढानीलकण्डमा ८८ मिलिमिटर वर्षा भएको छ।

मौसमविद् विनोद पोखरेलले काठमाडौंमा शनिबारसम्म लगातार झरी पर्ने सम्भावना व्यक्त गरेका छन्।

‘काठमाडौंमा भोलिसम्म लगातार वर्षा छ। भोलि अझै ठूलो वर्षाको सम्भावना छ,’ उनले सिधाकुरासँग भने।

उनले अझै दुई दिन वर्षाको गतिविधि बढ्ने पनि जानकारी दिए। देशको पश्चिमी भूभागमा दुई सय मिलिमिटरसम्म वर्षाको सम्भावना रहेको औंल्याए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव बढेर २ लाख ४० हजार ५५५ क्युसेक पुगेको छ।
नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री  र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

उनले लेखेकी छन्, ‘हाम्रो आवाज विश्वमञ्चमा साझा गर्ने पहिलो कर्तव्य त हामीले सफलतापूर्वक पूरा गरेका छौँ। तर यो चरण यस यात्राको श्रीगणेश हो इतिश्री होइन । हामीले आँटेको...
मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

काठमाडौंमा लगातार सिमसिमे झरी परिरहेको छ। लगातारको झरीका कारण काठमाडौं उपत्यकाको बागमती जलाधारअन्तर्गतका नदी, खोलाको सतह बढेका छन्।
बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

लगातारको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन बल्खु, कलंकी र नागढुंगामा होल्ड गरिएको छ।