काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले नेपालले भोगिरहेको जलवायु परिवर्तनको पीडालाई विश्वमञ्चमा पुर्याएकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा नेपाली प्रतिनिधिमण्डलप्रति आभार प्रकट गरेकी छन् । सचेतक धितालले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्र संघको मञ्चबाट गरेको सम्बोधनले आफूहरुले सुनाउनुपर्ने सबै विषय समेटेको उल्लेख गर्दै नेपाली प्रतिनिधिमण्डलप्रति आभार व्यक्त गरेकी हुन् ।
उनले विश्वमञ्चमा आफूहरुको आवाज साझा गर्ने पहिलो कर्तव्य सफलतापूर्वक पूरा गरेको बताइन् । देशको आवाज सुनाउने कार्यको थालनी भएको र यसलाई गन्तब्यमा पुर्याउन बिसाउन नदिने हठको आवश्यकता भएको उल्ले गरिन् । त्यसका लागि थप अनवरत बैठक, छलफल, र समन्वयको आवश्यकता रहेको उनको बुझाइ छ ।
उनले लेखेकी छन्, ‘हाम्रो आवाज विश्वमञ्चमा साझा गर्ने पहिलो कर्तव्य त हामीले सफलतापूर्वक पूरा गरेका छौँ। तर यो चरण यस यात्राको श्रीगणेश हो इतिश्री होइन । हामीले आँटेको कदमलाई गन्तव्यसम्म पुर्याउन थप अनवरत बैठक, छलफल, र समन्वयको आवश्यकता छ, यो आवाजलाई बिसाउन नदिने हठको आवश्यकता छ।’
उनले प्रधानमन्त्रीको सम्बोधनमा नेपाल र नेपालीले भोग्नुपरेको समस्या पूर्ण रुपमा समेटिएको उल्लेख गरेकी छन् ।
यस्तो छ सचेतक क्रान्तिशिखा धितालको पूर्ण अभिव्यक्ति
“Ask Anyone!” भन्दै नेपालका सम्माननीय प्रधानमन्त्री बालेन्द्र साह ज्यूले संयुक्त राष्ट्रसंघको ८१औँ साधारण सभामा नेपालको प्रतिनिधित्व गर्नुभएको छ।
“A close warning for humanity” का साथ प्रधानमन्त्रीले विश्वलाई सम्बोधन गर्नुभएको छ।
“Have we really heard the warning?” भन्दै उहाँले सतर्कताको घण्टी बजाउनुभएको छ।
“Climate change does not recognize borders. Glaciers and floods do not travel with stamps on passports.” उहाँले यस भयावह स्थितिको तरलतामा जोड दिनुभएको छ।
“Humanitarian agencies and people around the world stood with Nepal ,Thank you on behalf of the grateful people of Nepal.” भनी राष्ट्रिय-अन्तर्राष्ट्रिय हातहरुप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ।
“अन्तरमहादेशीय क्षेप्यास्त्रहरू भने समयमा आइपुग्छन् । राइफल र गोलाबारुद सीमा पार गर्छन्, हरेक अवरोध पार गर्छन् र हरेक समयसीमा पूरा गर्छन् । तर नेपालका किसानले आवश्यक परेको समयमा बजार मूल्यमा मल वा इन्धन किन्न सक्दैनन् । हामीले युद्धका लागि त्रुटिरहित रसद प्रणाली र खाद्यान्नका लागि भताभुङ्ग रसद प्रणाली भएको संसार बनाएका छौँ ।र यो नेपालको मात्र दुर्भाग्य होइन । हामीले नतताएको जलवायुको मार खेपिरहेका छौँ, र हामीले सुरु नगरेको युद्धको मार पनि फेरि हामीले नै खेपिरहेका छौँ ।“ भन्दै हामीले भोग्नुपरेको असन्तुलित मारमाथि प्रकाश पार्नुभएको छ।
साँच्चै नै, “ नेपालका लागि जलवायु विपद् मानवीय संकट मात्रै हुँदै होइन, खासमा विकासको आपत्काल पनि हो।“ हाम्रो आवाज विश्वमञ्चमा साझा गर्ने पहिलो कर्तव्य त हामीले सफलतापूर्वक पूरा गरेका छौँ।
तर यो चरण यस यात्राको श्रीगणेश हो इतिश्री होइन।हामीले आँटेको कदमलाई गन्तव्यसम्म पुर्याउन थप अनवरत बैठक, छलफल, र समन्वयको आवश्यकता छ, यो आवाजलाई बिसाउन नदिने हठको आवश्यकता छ।
यो पहललाई विश्वमञ्चसम्म पुर्याउन नेतृत्व गर्नुहुने सम्माननीय प्रधानमन्त्रीज्यू, परराष्ट्रमन्त्रीज्यू तथा नेपाली प्रतिनिधिमण्डलप्रति हार्दिक आभार।