नेभिगेशन
समाज

भारी वर्षापछि कर्णालीका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली । असोज ८ गते बेलुकादेखि १० गते बिहानसम्म परेको अविरल वर्षापछि कर्णाली प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्ड पहिरोका कारण अवरुद्ध भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार कर्णाली करिडोर र कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो।

Ncell
Extreme Energy

वर्षाका कारण सुर्खेत–दैलेख–कालीकोट–बाजुरा हुँदै हुम्ला जोड्ने कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चा, कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोला र एस मोड तथा सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरो गएको छ।

त्यस्तै, सुर्खेत–दैलेख–कालीकोट हुँदै जुम्ला तथा मुगु जोड्ने कर्णाली राजमार्ग पनि विभिन्न स्थानमा अवरुद्ध भएको छ।

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–२ सम्लेखोलामा पहिरो खसेपछि मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ। सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा पहिरो जाँदा राप्ती राजमार्ग पनि बन्द भएको छ।

सल्यानकै बनगाड कुपिण्डे नगरपालिका–८ र्यालेमा पहिरो खसेपछि सुर्खेत–सल्यान सडक तथा त्रिवेणी गाउँपालिका–३ ढुङ्गेबगरमा पहिरो गएपछि लुहाम–कालीमाटी सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यस्तै, जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभिर, कालीकोटको तिलागुफा नगरपालिका–१ भिग्म, जुम्लाको तातोपानी गाउँपालिका–१ बाइराँका र राँकागाउँबीचको सडकखण्ड तथा मुगुको छायानाथ रारा नगरपालिका–७ र ८ पिनास्थित गमगढी–नाग्म सडकखण्ड पनि पहिरोका कारण बन्द भएका छन्।

सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय जुम्ला, जाजरकोट, सल्यान र सुर्खेतबाट जेसिबी तथा स्काभेटरलगायत उपकरण परिचालन गरिएको प्रवक्ता राठौरले बताए।

उनका अनुसार अवरुद्ध सडकमा पहिरो पन्छाउने काम भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखि जारी वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
सप्तरीमा बाढीले डुबे ५०० घर

सप्तरीमा बाढीले डुबे ५०० घर

लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।