नेभिगेशन
समाज

बाढी–पहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी

काठमाडौँ । अविरल वर्षापछि बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र सडक सञ्चालनका लागि फौज परिचालन गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, चितवन, धनुषा र तनहुँमा रातिदेखि नै फौज परिचालित छन्। पर्वतको जलजला–८ फर्सेमा कालीगण्डकीले बस्तीका घर बगाएपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न र सामान व्यवस्थापनमा सेनाले सहयोग गरिरहेको छ।

Ncell
Extreme Energy

नवलपरासी पूर्वको मध्यबिन्दु–२ भुताहा र सुस्ता–५ मा डुबानको जोखिम रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। पाल्पा र धनुषामा पहिरोले पुरिएको घरमा खोज तथा उद्धार जारी छ। चितवनको देवघाट र बाह्रघरेमा नदीको सतह बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।

तनहुँको व्यास–१२ घाँसीकुवामा पहिरो र लेदोका कारण अवरुद्ध पृथ्वीराजमार्ग पनि सेनाले स्थानीय तहसँगको समन्वयमा खुलाएको निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै

कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली कमजोर हुँदै गएसँगै सुदूरपश्चिममा भारी वर्षाको जोखिम पनि घट्दै गएको छ।
कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

विशेषगरी कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि विभिनन जिल्लाका तटीय क्षेत्रमा सेनाको फौज परिचालन गरिएको सैनिक मुख्यालयले जनाएको छ ।
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।