नेभिगेशन
समाज

कालीगण्डकी बाढीले बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त (तस्बिरहरू)

बागलुङ । कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त भएपछि आवतजावत ठप्प भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार बिहान बाढीले पुलको पर्वततर्फको पिल्लर भत्काएपछि पुलबाट सवारी तथा पैदल आवतजावत बन्द भएको हो।

Marvel
Extreme Energy

स्थानीयका अनुसार कालीगण्डकी नदीमा भइरहेको दोहनका कारण नदीको धार परिवर्तन हुँदा पुलको पर्वततर्फको भागमा कटान बढेको थियो। करिब एक महिनाअघि नै नदीले पुलछेउको जमिन कटान गरेपछि पुल जोखिममा परेको थियो। कटान भएको क्षेत्रमा त्रिपाल ओढाएर अस्थायी रूपमा संरक्षणको प्रयास गरिएको थियो।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने पुल क्षतिग्रस्त भएपछि दैनिक आवतजावत गर्ने हजारौँ यात्रु प्रभावित भएका छन्।

मालढुंगा पुल हुँदै बागलुङसँगै म्याग्दी, मुस्ताङ, गुल्मी, रोल्पा, रुकुम, जाजरकोट, डोल्पा र सल्यानलगायत पश्चिम नेपालतर्फ जाने सवारीसाधनसमेत प्रभावित भएका छन्।

Kali-Gandaki--1010-1790507561.jpg

Kali-Gandaki--1005-1790507560.jpg

Kali-Gandaki--1015-1790507560.jpg

Kali-Gandaki--1014-1790507559.jpg

Kali-Gandaki--1006-1790507558.jpg

Kali-Gandaki--1013-1790507558.jpg

Kali-Gandaki--1007-1790507557.jpg

Kali-Gandaki--1012-1790507555.jpg

Kali-Gandaki--1009-1790507554.jpg

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज