नेभिगेशन
समाज

बागलुङ पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

बागलुङ । अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङमा पछिल्लो दुई दिनमा १० जनाको मृत्यु भएको छ। एक जना अझै बेपत्ता छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार मात्रै तमानखोला र निसीखोलामा पहिरोमा परी नौ जनाको मृत्यु भएको हो। शनिबार ताराखोलामा एक जनाको मृत्यु भएको थियो।

Ncell
Extreme Energy

तमानखोला गाउँपालिका–३ धर्नासुकमा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ। सोही स्थानमा पहिरोले आठ घर बगाएको छ।

तमानखोला–४ सन्तरमा घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ। हस्तवीरकी श्रीमती भने पहिरोमा परी बेपत्ता छिन्।

निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १३ वर्षीय मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक छन्।

निसीखोला–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ।

यसअघि शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार पूर्वसूचनाका कारण थप मानवीय क्षति हुनबाट जोगिएको हो। पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षा निकायको टोली उद्धारमा परिचालन गरिएको छ।

तनहुँमा बाढी–पहिरोले २४ घरमा क्षति

पछिल्लो केही दिनको वर्षाका कारण तनहुँका छ स्थानीय तहमा बाढी र पहिरोले २४ घरमा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिकामा पाँच, म्याग्देमा दुई, घिरिङमा छ, ऋषिङमा दुई, बन्दीपुरमा चार र भानु नगरपालिकामा पाँच घरमा क्षति पुगेको छ। क्षति पुगेका घरका परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ।

व्यास नगरपालिका–१ स्थित राइस मिलमा पहिरोले क्षति पुर्‍याउँदा एक सय बोरा धान भिजेको छ। भिमाद नगरपालिका–६ मालेबगरमा कुखुरा फार्म र बंगुरको खोरसमेत बाढीले बगाएको प्रहरीले जनाएको छ।

देवघाटको सीता गुफा परिसरमा बाढीले क्षति

तनहुँको देवघाट गाउँपालिका–५ स्थित सीता गुफा परिसरमा कालीगण्डकी नदीमा आएको बाढीले विभिन्न संरचना तथा सामान बगाएको छ।

बाढीले गुफा नजिकको शौचालय, बाथरुम, ठूलो ढुंगामा कुँदिएको १०८ शिवलिङ्गसहितको ओमकार मूर्ति, स्टोरका सामान तथा ओढ्ने–ओछ्याउने सामग्री बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय देवघाटबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले सीता गुफामा पूजा गर्ने ७६ वर्षीय पुजारी शिवानन्द गिरीलाई सुरक्षित स्थानमा सारेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् ।
चार दिनमा डेढगाउँमा ५४४ मिलिमिटर वर्षा, १० स्टेशनमा ३६५ मिलिमिटरभन्दा बढी

चार दिनमा डेढगाउँमा ५४४ मिलिमिटर वर्षा, १० स्टेशनमा ३६५ मिलिमिटरभन्दा बढी

पछिल्ला चार दिनमा देशका विभिन्न स्थानमा अत्यधिक वर्षा भएको छ।
बाढीपहिरोले धवलागिरि क्षेत्रको सडक सञ्जाल विच्छेद

बाढीपहिरोले धवलागिरि क्षेत्रको सडक सञ्जाल विच्छेद

कालीगण्डकी नदीमा आएको बाढी र ठाउँठाउँमा गएको पहिरोले धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।