नेभिगेशन
समाज

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यी हुन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।

Ncell
Extreme Energy

त्यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सम्बन्धित केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्नेछिन्।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।

राष्ट्रियसभाको बैठक भने दिउँसो १ः१५ बजे बस्नेछ। बैठकमा प्रधानमन्त्री शाहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यक्रम छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् ।
चार दिनमा डेढगाउँमा ५४४ मिलिमिटर वर्षा, १० स्टेशनमा ३६५ मिलिमिटरभन्दा बढी

चार दिनमा डेढगाउँमा ५४४ मिलिमिटर वर्षा, १० स्टेशनमा ३६५ मिलिमिटरभन्दा बढी

पछिल्ला चार दिनमा देशका विभिन्न स्थानमा अत्यधिक वर्षा भएको छ।
बाढीपहिरोले धवलागिरि क्षेत्रको सडक सञ्जाल विच्छेद

बाढीपहिरोले धवलागिरि क्षेत्रको सडक सञ्जाल विच्छेद

कालीगण्डकी नदीमा आएको बाढी र ठाउँठाउँमा गएको पहिरोले धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।