नेभिगेशन
समाज

बाढीपहिरोले धवलागिरि क्षेत्रको सडक सञ्जाल विच्छेद

गण्डकी । कालीगण्डकी नदीमा आएको बाढी र ठाउँठाउँमा गएको पहिरोले धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीले पर्वतको कुश्मा नगरपालिका–स्थित नयाँपुलमा करिब १०० मिटर सडक बगाएको छ। सडकको पूरै भाग कटान भएकाले तत्काल अस्थायी मार्ग सञ्चालन गर्नसमेत केही दिन लाग्ने जनाइएको छ।

Ncell
Extreme Energy

पर्वत र बागलुङ जोड्ने मालढुंगा पुलको पर्वततर्फको भागमा क्षति पुगेपछि पुलबाट सवारी आवागमन बन्द भएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ। पुल मर्मत नगरेसम्म सवारी सञ्चालन गर्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएपछि कास्कीलगायत जिल्लाबाट बागलुङ, म्याग्दी र मुस्ताङतर्फ जाने साना सवारीसाधन छमर्कैबाट पाङ हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्। ठूला सवारीसाधन भने सडकमै रोकिएका छन्।

मध्यपहाडी लोकमार्ग हुँदै बागलुङबाट पूर्वी रुकुम, पश्चिम रुकुमलगायत जिल्लातर्फ जाने लामो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन सकेका छैनन्। बिरामी तथा अत्यावश्यक कामका लागि यात्रा गर्नेहरू थप प्रभावित भएका छन्।

मालढुंगादेखि बेनी हुँदै मुस्ताङ जोड्ने सडकसमेत अवरुद्ध छ। पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा पहिरो र भलले सडक कटान गरेपछि यातायात सेवा ठप्प भएको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताए।

उनका अनुसार फर्से र लस्ती क्षेत्रमा दुई–तीन ठाउँमा बाढीले सडक कटान गरेको छ। सडक मर्मतमा समय लाग्ने भएकाले केही दिन यातायात प्रभावित हुने देखिएको उनले बताए।

बाढीले जलजला–८ फर्सेको पुरानो बजारसमेत बगाएको छ। ६६ घरमा क्षति पुगेको र थप २५ घर उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ। बाढीबाट मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठूलो क्षति पुगेको अध्यक्ष आचार्यले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् ।
चार दिनमा डेढगाउँमा ५४४ मिलिमिटर वर्षा, १० स्टेशनमा ३६५ मिलिमिटरभन्दा बढी

चार दिनमा डेढगाउँमा ५४४ मिलिमिटर वर्षा, १० स्टेशनमा ३६५ मिलिमिटरभन्दा बढी

पछिल्ला चार दिनमा देशका विभिन्न स्थानमा अत्यधिक वर्षा भएको छ।
६ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली

६ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली

ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा छ वर्ष नपुग्दै दुईपटक ठूलो आगलागी भएको छ।