नेभिगेशन
समाज

चार दिनमा डेढगाउँमा ५४४ मिलिमिटर वर्षा, १० स्टेशनमा ३६५ मिलिमिटरभन्दा बढी

काठमाडौं । पछिल्ला चार दिनमा देशका विभिन्न स्थानमा अत्यधिक वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कअनुसार सेप्टेम्बर २३ बिहान ८ः४५ बजेदेखि सेप्टेम्बर २७ बिहान ८ः४५ बजेसम्म नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को डेढगाउँमा ५४४.२ मिलिमिटर वर्षा भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका अनुसार उक्त चारदिने अवधिमा सबैभन्दा धेरै वर्षा भएका १० वटा वर्षा मापन केन्द्रमध्ये सबैमा ३६५ मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ।

Ncell
Extreme Energy

डेढगाउँपछि कास्कीको पञ्चासेमा ५००.२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै तनहुँको अत्रौलीटारमा ४७२, पाल्पाको तानसेनमा ४५८ र स्याङ्जाको पञ्चमूलमा ४३१.८ मिलिमिटर वर्षा भएको विभागको तथ्याङ्क छ।

म्याग्दीको दरबाङमा ३९७.४, चितवनको माडी कल्याणपुरमा ३९६, कपिलवस्तुको मैनारमा ३८८.६, कपिलवस्तुकै भगवानपुरमा ३६६.६ तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देउराली नवलपुरमा ३६५.६ मिलिमिटर वर्षा मापन भएको छ।

क्र.सं. स्टेशन (Station) जिल्ला (District) वर्षा (मिमी - mm)
१ डेढगाउँ (Dedh Gaun)

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

५४४.२

२ पञ्चासे (Panchase)

कास्की

५००.२

३ अत्रौलीटार (Atraulitar)

तनहुँ

४७२.०

४ तानसेन (Tansen)

पाल्पा

४५८.०

५ पञ्चमूल (Panchamul)

स्याङ्जा

४३१.८

६ दरबाङ (Darbang)

म्याग्दी

३९७.४

७ माडी कल्याणपुर (Madi Kalyanpur)

चितवन

३९६.०

८ मैनार (Mainar)

कपिलवस्तु

३८८.६

९ भगवानपुर (Bhagwanpur)

कपिलवस्तु

३६६.६

१० देउराली नवलपुर (Deurali Nawalpur)

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

३६५.६

विभागको विवरणअनुसार पछिल्ला चार दिनमा विशेषगरी गण्डकी, लुम्बिनी र आसपासका क्षेत्रमा उल्लेख्य वर्षा भएको देखिन्छ। लगातारको वर्षाका कारण ती क्षेत्रका नदी तथा खोलामा जलसतह बढ्नुका साथै पहिरो र बाढीको जोखिमसमेत बढेको छ।

वर्षा केही कम हुँदै गए पनि भौगोलिक अवस्थाका कारण पहिरो, नदीमा आकस्मिक बाढी तथा सडक अवरोधको जोखिम कायमै रहने भएकाले प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आवश्यक रहेको विभागले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् ।
बाढीपहिरोले धवलागिरि क्षेत्रको सडक सञ्जाल विच्छेद

बाढीपहिरोले धवलागिरि क्षेत्रको सडक सञ्जाल विच्छेद

कालीगण्डकी नदीमा आएको बाढी र ठाउँठाउँमा गएको पहिरोले धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
६ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली

६ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली

ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा छ वर्ष नपुग्दै दुईपटक ठूलो आगलागी भएको छ।