नेभिगेशन
समाज

स्ट्रेट अफ होर्मुज खोल्न इरानले अघि सारेको प्रस्ताव ट्रम्पले गरे अस्वीकार, इरानको कडा प्रतिक्रिया

इरानका परराष्ट्रमन्त्रीको चेतावनी : हामी प्रलयकारी युद्धका लागि पनि तयार छौँ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज सात दिनभित्र खोल्न इरानले अघि सारेको प्रस्ताव अस्वीकार गरेका छन् । इरानले यसमा कडा प्रतिक्रिया जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार इरानका परराष्ट्रमन्त्री अब्बास अराघ्चीले यदि अमेरिकासँगको युद्ध पुनः सुरु हुन्छ भने आफ्नो देश प्रलयकारी युद्धसम्मका लागि पनि पूर्ण रूपमा तयार रहेको चेतावनी दिएका छन् । यद्यपि, उनले इरान अझै पनि कूटनीतिक समाधानका लागि खुला रहेको स्पष्ट पारेका छन् ।

Ncell
Extreme Energy

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न र  हर्मुज जलमार्ग (स्ट्रेट अफ होर्मुज) पुनः खोल्नका लागि तेहरानले अघि सारेको सात दिने खाकालाई अस्वीकार गरेपछि परराष्ट्रमन्त्री अराघ्चीको यो कडा प्रतिक्रिया आएको हो ।

अराघ्चीले भने, 'हामी कूटनीति र युद्ध दुवैका लागि एकैसाथ तयार छौँ । अमेरिकी आक्रमणको सामना गर्न हामी दह्रोसँग उभिनेछौँ । अब युद्ध कि कूटनीति भन्ने छनोट अमेरिकी राष्ट्रपति ट्रम्पको हातमा छ ।'   

विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य अहिले संयुक्त राज्य अमेरिका र इरानबीचको द्वन्द्वको मुख्य केन्द्र बनेको छ । करिब सात महिनाअघि इरानमाथि भएको घातक सैन्य आक्रमणपछि यो द्वन्द्व थप चर्किएको हो ।

इरानी विदेशमन्त्री अराघ्चीका अनुसार इरानको प्रस्तावमा लेबनानसहित सम्पूर्ण मध्यपूर्वमा जारी सबै सैन्य गतिविधि अन्त्य गर्नुपर्ने र केही महिनाअघि असफल भएको युद्धविराम सम्झौताका सर्तहरू कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।

उक्त सम्झौतामा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने, इरानी तेलमाथिका प्रतिबन्ध हटाउने र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्ने विषय समावेश थिए ।

अराघ्चीले  इरानका सर्तहरू स्पष्ट रहेको र ती पूरा भएपछि मात्र होर्मुज जलडमरूमध्य खोल्ने प्रक्रिया अघि बढ्ने बताए । उनले इरान कूटनीति र वार्ताबाट कहिल्यै पछि नहटेको, तर आफ्ना अधिकारबाट पनि पछि नहट्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी नदीको बहाव हेर्न जाँदा...

कालीगण्डकी नदीको बहाव हेर्न जाँदा...

अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्ने क्रममा लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ ।
घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्गमा यातायात सेवा प्रभावित

घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्गमा यातायात सेवा प्रभावित

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान  माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् ।