नेभिगेशन
समाज

बाढी पहिरोबाट १४ सय ३१ मेगावाट विजुली उत्पादन अवरुद्ध, कसरी व्यवस्थापन भइरहेको छ ?

काठमाडौँ । भदौ १० को भोटेकोशी नदीको विनाशकारी बाढी र असोज ९-११ गतेको अति भारी वर्षा र बाढीले देशको विद्युत प्रणालीमा ठूलो क्षति पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढी पहिरोले १४ सय ३१ मेगावाट विद्युत अवरुद्ध हुन पुगेको हो । 

Ncell
Extreme Energy

नेपाल विद्युत प्राधिकरणकाअनुसार भोटेकोशी बाढीबाट १३ जलविद्युत आयोजनामा क्षति पुगेको थियो भने पछिल्लो वर्षा र बाढीबाट २७ उत्पादन केन्द्रबाट विद्युत उत्पादन बन्द भएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठकाअनुसार भोटेकोशी बाढीले त्रिशूली र भोटेकोशी करिडोरका सरकारी तथा निजी क्षेत्रका गरी १३ वटा जलविद्युत् आयोजनाहरूमा ठुलो क्षति पुर्‍याएको छ । करिब ४३० मेगावाट बराबरको विद्युत् उत्पादन क्षमता राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिन पुगेको छ ।

यसैगरी पछिल्लो वर्षा र बाढीले गण्डकी बेसिनको विभिन्न प्रसारण लाइनमा क्षति पुग्न गएको कारण सो प्रसारण लाइनमार्फत प्रवाह हुने विद्युत उत्पादन केन्द्रको विद्युत उत्पादन प्रभावित हुन पुगेको छ । साथै, नदीमा आएको बाढी तथा अत्यधिक बहावका कारण गण्डकी प्रदेशका केही स्थानमा विद्युत उत्पादन केन्द्र बन्द अवस्थामा पुगेकोले विद्युत आपूर्तिमा समेत केही असहज अवस्था आएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

बाढीको कारण कालिगण्डकी कोरिडोर प्रसारण लाइन अवरुद्ध हुँदा उक्त प्रसारण लाइनमार्फत प्रवाह हुने १३ वटा उत्पादन केन्द्रको करिव ३७० मेगावाट विद्युत उत्पादन बन्द भएको छ । सो बाहेक म्याग्दी, स्याङ्गजा, काश्की, लमजुङ्ग र तनहुँ जिल्लामा अवस्थित थप १४ वटा उत्पादन केन्द्रको करिव ६३० मेगावाट विद्युत उत्पादन केन्द्र समेत नदीमा अत्यधिक बहावका कारण वन्द अवस्थामा रहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए । उनकाअनुसार पछिल्लो बाढीका कारण विद्युत प्रणालीमा समग्रमा करिव एक हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध हुन गएको छ । 

कसरी हुँदैछ व्यवस्थापन ?

१४ सय ३१ मेगावाट विद्युत उत्पादन अवरुद्ध हुन गए पनि विद्युत प्राधिकरणले विद्युत आपूर्ति प्रणाली सन्तुलनका लागि केही उद्योगहरुमा विद्युत खपत घटाई व्यवस्थापन गरिरहेको छ । 

प्राधिकरणका प्रमुख श्रेष्ठ अहिले वर्षायाम भएकाले अन्य आयोजनाहरू पूर्ण क्षमतामा चलिरहँदा राहत दिएको बताउँछन् । 

राष्ट्रिय प्रसारण प्रणालीमा कुल जडित क्षमता करिब ४ हजार ३०० मेगावाट पुगिसकेको छ । जबकी राष्ट्रिय माग २५०० देखि ३ हजार मेगावाटको बिचमा रहेको छ । यही बीचबाट प्राधिकरणले व्यवस्थापन गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले बताए । 

राष्ट्रिय प्रसारण लाइनबाट विद्युत बाहिर जाँदा सन्तुलन राख्न चाप परेको भन्दै श्रेष्ठले कुलेखानीजस्ता जलाशययुक्त आयोजनाको पानी सञ्चित राखिने र आवश्यक परे भारतबाट थप आयात गरी आपूर्ति प्रणाली चुस्त राखिने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्षबीच दोहामा भेट, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्षबीच दोहामा भेट, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह

एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ...
बेनी–दरवाङ सडक मर्मत थालियो, कोरला नाका जोड्ने सडक अझै अवरुद्ध

बेनी–दरवाङ सडक मर्मत थालियो, कोरला नाका जोड्ने सडक अझै अवरुद्ध

पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत थालिएको छ ।
पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा पूर्णरूपमा यातायात सेवा अवरुद्ध बनेको छ ।
धापाखेलमा पहिरोले साढे दुईतले घर ढल्यो, खोल्सो थुनियो

धापाखेलमा पहिरोले साढे दुईतले घर ढल्यो, खोल्सो थुनियो

अविरल वर्षापछि आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर ढलेको छ। घर ढलेर खोल्सोमा पुगेपछि खोल्सोसमेत थुनिएको प्रहरीले जनाएको छ।