नेभिगेशन
समाज

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

वालिङ (स्याङ्जा) । कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएसँगै आयोजना  बन्द  गरिएको थियो । 

Ncell
Extreme Energy

विद्युत् उत्पादन सुरु गर्न लागिएको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलले जानकारी दिए ।

“कालीगण्डकी नदीमा पानीको उच्च बहाव भएकाले जोखिम हुन नदिनका लागि उत्पादन नै बन्द गरेका हौँ,” उनले भने, “अहिले नदीमा पानीको सतह घट्दै गएकाले अब सुरुङभित्र रहेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर सुचारु गर्ने तयारी गरेका छौँ ।”

प्राविधिक टोलीले बाढीपछिको अवस्थाबारे निरीक्षण गरेकाले आज बिहान १० बजेदेखि उत्पादन सुरु गर्न सकिने भएको उनले बताए ।

कालीगण्डकी नदीमा बाढी आएपछि मिर्मीस्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा फालिएको थियो ।  आयोजनाबाट १४४ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।

चार दिनदेखि परेको अविरल वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणी बजार डुबानमा परेको छ । सेतीवेणी बजारका २६ घरका मानिसलाई नजिकैको विद्यालयमा राखिएको छ ।

यसैगरी, आयोजनाको बाँधस्थलभन्दा केही तल रहेको स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुल कालीगण्डकी नदीमा आएको बाढीले आइतबार बिहान बगाएर लगेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्षबीच दोहामा भेट, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्षबीच दोहामा भेट, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह

एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ...
बेनी–दरवाङ सडक मर्मत थालियो, कोरला नाका जोड्ने सडक अझै अवरुद्ध

बेनी–दरवाङ सडक मर्मत थालियो, कोरला नाका जोड्ने सडक अझै अवरुद्ध

पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत थालिएको छ ।
पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा पूर्णरूपमा यातायात सेवा अवरुद्ध बनेको छ ।
धापाखेलमा पहिरोले साढे दुईतले घर ढल्यो, खोल्सो थुनियो

धापाखेलमा पहिरोले साढे दुईतले घर ढल्यो, खोल्सो थुनियो

अविरल वर्षापछि आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर ढलेको छ। घर ढलेर खोल्सोमा पुगेपछि खोल्सोसमेत थुनिएको प्रहरीले जनाएको छ।