नेभिगेशन
समाज

भारी वर्षाले हुम्लामा हिमपात

हुम्ला । निरन्तर वर्षा एवं हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला सदरमुकाम सिमकोटसहित अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा अवरुद्धसमेत भएको छ । 

Ncell
Extreme Energy

अग्ला स्थानमा रहेका टेलिफोन तथा इन्टरनेट टावरमा जडान गरिएका सोलार प्रणालीले काम नगरेपछि सञ्चार सेवा प्रभावित भएको छ ।

सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सम्बन्धित कार्यालयसँग समन्वय गरी क्षतिको विवरण लिन समस्या भएको छ ।

वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्यालय भवनमा क्षति पुग्नुका साथै सडक अवरुद्ध भएको बताइएको छ । निरन्तर वर्षासँगै सिमकोटसहित हिमपातसमेत भएको छ ।

हिल्सा नाका हिमपातका कारण पूर्णरूपमा अवरुद्ध रहेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्षबीच दोहामा भेट, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्षबीच दोहामा भेट, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह

एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ...
बेनी–दरवाङ सडक मर्मत थालियो, कोरला नाका जोड्ने सडक अझै अवरुद्ध

बेनी–दरवाङ सडक मर्मत थालियो, कोरला नाका जोड्ने सडक अझै अवरुद्ध

पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत थालिएको छ ।
पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा पूर्णरूपमा यातायात सेवा अवरुद्ध बनेको छ ।
धापाखेलमा पहिरोले साढे दुईतले घर ढल्यो, खोल्सो थुनियो

धापाखेलमा पहिरोले साढे दुईतले घर ढल्यो, खोल्सो थुनियो

अविरल वर्षापछि आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर ढलेको छ। घर ढलेर खोल्सोमा पुगेपछि खोल्सोसमेत थुनिएको प्रहरीले जनाएको छ।