नेभिगेशन
सबै कुरा
वैदेशिक रोजगार :

युरोप पठाइदिने भन्दै ६ सय भन्दा धेरैबाट करौडौँ रकम ठगी गर्ने पक्राउ

काठमाडौँ । युरोप पठाउने भन्दै ६ सय भन्दा धेरै सर्वसाधारणबाट करौडौँ रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ  । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर कोन्जोसोम घर भइ हाल ललितपुरको इमाडोल बस्ने ३२ वर्षीय विकास वाईवा भन्ने सुजन तामाङलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

तामाङले काठमाडौँको बालाजु चोकस्थित यूरो विङ्स एजुकेसन कन्सल्टेन्सी संचालन गरी माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगायतका देशहरुमा पठाईदिन्छु भन्दै ६ सय भन्दा धेरै युवाहरुबाट करौडौँ रकम ठगी गरेको डिएसपी अनिल घिमिरेले जानकारी दिए । 

उनले ठगी गरेको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती मेनपावर बसुन्धारामा ५० लाख लगानी गरेको, ३५ लाखको हुण्डाई क्रेटा गाडी खरिद गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बैदेशिक रोगजार विभागका अनुसार उनीविरुद्ध हालसम्म ७० जनाको मुद्धा दर्ता भइ रु ३ करोड २५ लाख २२ हजार रुपैँया बिगो देखिएको र अन्य मुद्धा दर्ताका क्रममा रहेको प्रहरीले जनाएको छ ।


प्रहरीले उनलाई पक्राउ गरि आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ठमेलमा अश्लील हर्कत गर्दै हिड्ने ९ जना विदेशी नागरिक पक्राउ

ठमेलमा अश्लील हर्कत गर्दै हिड्ने ९ जना विदेशी नागरिक पक्राउ

प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।
कैदी 'सपना'को प्रेम: जसले 'जेल ब्रेक' गर्‍यो

कैदी 'सपना'को प्रेम: जसले 'जेल ब्रेक' गर्‍यो

सपना भागेको सूचना पाए लगत्तै प्रहरीले खोजी कार्य सुरु गरेको थियो । प्रहरीले सिसिटिभीमा उनी भागेको यकिन गरेपछि उनी जान सक्ने सम्भावित ठाउँको सूची बनाएर खोजी गर्न थाल्यो...
अवैध लागुऔषधसहित १७ जना पक्राउ

अवैध लागुऔषधसहित १७ जना पक्राउ

लागुऔषध ब्युरोको टोलीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सको सिफारिसमा मात्रै खरिद गर्न पाइने ट्रामाडोल र स्पास्मो बरामद गरेको हो ।
आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरी बल नेपालको २ नं हेडक्र्वाटरका प्रमुख अम्बिकाप्रसाद जोशीले सोमबार साँझ ५ः१० बजेतिर भारतको कोलकाता घर बताउने ३९ वर्षीय परम पाठकलाई काँकरभिट्टा भन्सारको चेकपोस्टमा जाँच गर्दा उक्त...