नेभिगेशन
सबै कुरा
वैदेशिक रोजगार :

युरोप पठाइदिने भन्दै ६ सय भन्दा धेरैबाट करौडौँ रकम ठगी गर्ने पक्राउ

काठमाडौँ । युरोप पठाउने भन्दै ६ सय भन्दा धेरै सर्वसाधारणबाट करौडौँ रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ  । 


City Express

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर कोन्जोसोम घर भइ हाल ललितपुरको इमाडोल बस्ने ३२ वर्षीय विकास वाईवा भन्ने सुजन तामाङलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

तामाङले काठमाडौँको बालाजु चोकस्थित यूरो विङ्स एजुकेसन कन्सल्टेन्सी संचालन गरी माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगायतका देशहरुमा पठाईदिन्छु भन्दै ६ सय भन्दा धेरै युवाहरुबाट करौडौँ रकम ठगी गरेको डिएसपी अनिल घिमिरेले जानकारी दिए । 

उनले ठगी गरेको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती मेनपावर बसुन्धारामा ५० लाख लगानी गरेको, ३५ लाखको हुण्डाई क्रेटा गाडी खरिद गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बैदेशिक रोगजार विभागका अनुसार उनीविरुद्ध हालसम्म ७० जनाको मुद्धा दर्ता भइ रु ३ करोड २५ लाख २२ हजार रुपैँया बिगो देखिएको र अन्य मुद्धा दर्ताका क्रममा रहेको प्रहरीले जनाएको छ ।


प्रहरीले उनलाई पक्राउ गरि आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।
छोराको प्रहारबाट बाबुको मृत्यु, आमा घाइते

छोराको प्रहारबाट बाबुको मृत्यु, आमा घाइते

मालिका –३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए ।
सुरक्षाकर्मीको पेस्तोल र गोली खरिद बिक्रीमा संलग्न पाँच जना पक्राउ

सुरक्षाकर्मीको पेस्तोल र गोली खरिद बिक्रीमा संलग्न पाँच जना पक्राउ

पक्राउ पर्नेमा धादिङ, धुनिवेशी घर भइ हाल काठमाडौँ महानगरपालिका–१५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौँ–१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन...

भर्खरै