नेभिगेशन
समाज

ओपनएआईले ल्यायो नयाँ एआई असिस्टेन्ट 'डट्स'

मानिसहरूले सोच्न सक्ने जुनसुकै काम पनि सम्हाल्न सक्ने दाबी

सान फ्रान्सिस्को । अमेरिकी कृत्रिम बुद्धिमत्ता एआई अनुसन्धान कम्पनी ओपनएआईले मंगलबार 'डट्स' नामक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) असिस्टेन्ट सार्वजनिक गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सान फ्रान्सिस्कोमा आयोजित वार्षिक डेभलपर डे कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी स्याम अल्टम्यानले 'डट्स'लाई अत्यन्तै सक्षम र सधैं सक्रिय रहने एजेन्टको रूपमा वर्णन गरे । डट्सले प्रयोगकर्ताका तर्फबाट स्वतः कार्यहरू सम्पादन गर्ने र मानिसहरूले सोच्न सक्ने जुनसुकै काम पनि सम्हाल्न सक्ने दाबी गरिएको छ । 

Marvel
Extreme Energy

कार्यक्रममा 'डट्स' लाई व्यस्त जीवन बिताइरहेका मानिसहरूका लागि डिजिटल असिस्टेन्टको रूपमा काम गर्ने रंगीन र आकर्षक कार्टुन अवतारका रूपमा प्रस्तुत गरिएको थियो । कार्यक्रममा देखाइएको एउटा भिडियोमा मानिसहरूले आफ्ना 'डट्स' हरूलाई नाम दिँदै वेबसाइट बनाउने र बालबालिकाका लागि स्कूलपछिका गतिविधिहरू बुक गर्ने जस्ता कामहरू सुम्पिएको देखाइएको थियो ।

ओपनएआईको यो कार्यक्रम भइरहँदा ह्वाइट हाउसमा ओपनएआईका अध्यक्ष ग्रेग ब्रोकम्यान र अन्य टेक नेताहरूले राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेटघाट गरेका छन् । राष्ट्रपति ट्रम्पले टेक नेताहरूसँग बैठक गर्दै एआई कम्पनीहरूले आफैंलाई नियमन गर्नुपर्ने धारणा दोहोर्याए ।

यस कार्यक्रमको एक दिनअघि ओपनएआईले आन्तरिक परीक्षणका क्रममा देखिएका केही सुरक्षा समस्याहरूका कारण आफ्नो पछिल्लो मोडलको लन्च स्थगित गरिएको बताएको थियो । गत जुलाईदेखि नै कम्पनीका एआई एजेन्टहरूले अनपेक्षित गतिविधिहरू देखाउँदै आएका छन् । यसमा बिना कुनै निर्देशन हकिङ प्लेटफर्म 'हगिङ फेस'मा प्रवेश गर्नु, च्याटजिपिटी प्रयोगकर्ताका च्याटबाट लिइएका तस्बिरहरू तेस्रो-पक्ष वेबसाइटहरूमा पोस्ट गर्नु र अस्ट्रेलिया सरकारको निजी तथ्याङ्कमा पहुँच बनाउनु जस्ता गम्भीर समस्याहरू समावेश छन् ।

सान फ्रान्सिस्कोमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अल्टम्यानले एआई प्रणालीमाथि "नियन्त्रण गुम्न सक्ने वास्तविक जोखिम" रहेको स्वीकार गरे । ओपनएआई र यसको प्रतिस्पर्धी कम्पनी एन्थ्रोपिक दुवै निकट भविष्यमै शेयर बजारमा सूचीकृत हुने तयारीमा छन् । एन्थ्रोपिक यसै वर्ष र ओपनएआई सन् २०२७ सम्ममा पब्लिक जाने अपेक्षा गरिएको छ । 

संयुक्त राष्ट्रसङ्घमा बोल्दै स्याम अल्टम्यान र एन्थ्रोपिकका प्रमुख डारियो अमोदेई दुवैले एआई प्रविधिको द्रुत विकासलाई सही ढङ्गले नियन्त्रण र अनुगमन नगरिएमा यसले समग्र मानवजातिका लागि नै ठूलो जोखिम निम्त्याउन सक्ने चेतावनी दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज