नेभिगेशन
समाज

उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

लमजुङ । उपचारका क्रममा लागेको खर्च तिर्न नसक्दा मस्र्याङ्दी गाउँपालिका–३ की २३ वर्षीया सोविता मिजारको पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै रोकिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आर्थिक अवस्था कमजोर रहेको परिवारले उपचारको बाँकी रकम भुक्तानी गर्न नसक्दा सोविताको पार्थिव शरीर घर ल्याएर अन्तिम संस्कार गर्न सकेको छैन । सोविताले भदौ ३१ गते विष सेवन गरेपछि तत्कालै चितवनस्थित सरकारी अस्पताल लगिएको थियो । सरकारी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) को सुविधा नभएपछि सोही राति उनलाई चितवन मेडिकल कलेज लगेर उपचार सुरु गरिएको सोविताका मामाका छोरा दीपक मजाकोटीले बताए । 

Ncell
Extreme Energy

उनका अनुसार चितवन मेडिकल कलेजमा पुर्‍याएपछि अस्पतालले औषधि, शल्यक्रियालगायत उपचारका लागि सुरुमा करिब रु डेढ लाखदेखि दुई लाखसम्म खर्च लाग्ने जानकारी परिवारलाई दिएको थियो । त्यसअनुसार परिवारले उपचार अगाडि बढाएको थियो । उपचारकै क्रममा असोज ४ गते सोविताको शल्यक्रियासमेत गरिएको थियो । तर उपचारका क्रममा सोमबार सोविताको मृत्यु भएको परिवारले जनाएको छ । 

चितवन मेडिकल कलेजको बिलिङ काउन्टरका एक कर्मचारीका अनुसार हाल अस्पतालतर्फ रु तीन लाख ५० हजार ९१० र अस्पतालकै फार्मेसीतर्फ रु दुई लाख २२ हजार ५७० गरी जम्मा रु पाँच लाख ७३ हजार ४८० भुक्तानी गर्न बाँकी रहेको छ । अस्पतालतर्फ बेड, ‘इमर्जेन्सी’लगायत उपचारका विभिन्न शीर्षकको रकम बाँकी रहेको कर्मचारीले जानकारी दिए । 

उनका अनुसार उपचारका क्रममा परिवारले इमर्जेन्सीमा करिब रु नौ हजारभन्दा बढी तथा उपचारका क्रममा करिब रु दुई लाख १८ हजार बुझाइसकेको छ । त्यस्तै, शल्यक्रियाका क्रममा धरौटीबापत करिब रु १० हजारसमेत बुझाइएको बिलिङ काउन्टरका कर्मचारीले जानकारी दिए । परिवारले भने उपचारका क्रममा ऋण खोजेर हालसम्म करिब रु तीन लाख भुक्तानी गरिसकेको जनाएको छ । 
    
“सुरुमा डेढदेखि दुई लाखभित्र उपचार हुन्छ भनिएको थियो। अहिलेसम्म ऋण खोजेर करिब रु तीन लाख तिरिसकेका छौँ । अब बाँकी रकम कहाँबाट ल्याउने भन्ने समस्या भएको छ”, दीपक मजाकोटीले भने । उपचारका क्रममा सोविताको निधन भएपछि चितवन मेडिकल कलेजमा पार्थिव शरीर राख्ने ठाउँको अभावमा सरकारी अस्पतालमा लगेर राखिएको परिवारले जनाएको छ । 

हाल सोविताको पार्थिव शरीर सरकारी अस्पतालमै रहेको छ । बाँकी रकम भुक्तानी गर्न नसक्दा पार्थिव शरीर घर लैजान नसकिएको परिवारको भनाइ छ । परिवारका अनुसार सोविताले विष सेवन गर्नुका कारण व्यक्तिगत सम्बन्धसँग जोडिएको विषय रहेको छ । 

लमजुङकै एक युवकसँगको सम्बन्धमा आएको समस्याका कारण उनले विष सेवन गरेको परिवारको दाबी छ । उपचारका क्रममा ती युवक अस्पताल आउने–जाने गर्दै आएको र उपचार खर्चमा सहयोग गर्ने बताउँदै आएको परिवारले जनाएको छ । परिवारका अनुसार सोविताको निधन हुनुअघिसम्म ती युवक अस्पताल आउनेजाने गरेका थिए । निधनपछि पनि रकम जुटाएर सहयोग गर्ने भन्दै आउने बताएका भए पनि हालसम्म नआएको परिवारको भनाइ छ । आज बिहानसमेत फोनमा आउने बताएका भए पनि नआएको परिवारले जनाएको छ । ती युवक आएर उपचार खर्चमा सक्दो सहयोग गरे आपसी समझदारीमा अघि बढ्ने परिवारले जनाएको छ । 

युवकबाट सहयोग प्राप्त भए बाँकी रकम अस्पतालमा बुझाएर सोविताको पार्थिव शरीर घर लैजाने तयारीमा परिवार रहेको जनाएको छ । सहयोग नआएमा घटनाबारे कानुनी प्रक्रिया अघि बढाउने विषयमा सोचिरहेको परिवारले जनाएको छ । सोविता करिब साढे तीन वर्षदेखि चितवनमा बस्दै एक रेस्टुरेन्टमा काम गर्दै आएकी थिइन् । उनी परिवारकी जेठी छोरी थिइन् । परिवारमा बुबाआमा, तीन दिदीबहिनी र एक भाइ रहेको आफन्तले बताएका छन् । 

चितवनमा रहेर काम गर्दै उनले परिवारलाई आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएकी थिइन् । “हामीसँग अहिले पैसा छैन । भएको पैसा पनि उपचारमै सकियो । शव घर ल्याएर अन्तिम संस्कार गर्नसमेत नसक्ने अवस्था भएको छ”, सोविताकी बहिनी सङ्गीता मिजारले भनिन् । उनका अनुसार अस्पतालको बाँकी रकम जुटाउन परिवार र आफन्तले प्रयास गरिरहेका छन् । 

रकम जुटाएर अस्पतालको बिल भुक्तानी गरेपछि सोविताको पार्थिव शरीर लमजुङ ल्याई अन्तिम संस्कार गर्ने परिवारको तयारी छ । 

आर्थिक अभावका कारण छोरीको अन्तिम संस्कारसमेत गर्न नसक्ने अवस्थामा पुगेको परिवारले पार्थिव शरीर घर ल्याउन र अन्तिम संस्कार सम्पन्न गर्न सहयोग गरिदिन सबैसँग अपिल गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

मौसम पूर्वानुमान महाशाखादेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हरेक दिन, हरेक क्षण मौसमको अपडेट गराइरहे । सम्भावित क्षतिबाट जोगिने उपाय खोज्न र जोखिम कम गर्न भनिरहे...
मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, चितवन, मनाङ, बागलुङ, रोल्पा, कालिकोट, गुल्मी, म्याग्दी, मुस्ताङ, हुम्ला, नवलपरासी पूर्व, पाल्पा, ललितपुर, लमजुङ, तनहुँ र पर्वतलगायत जिल्लाका सडक प्रभावित भएका...
मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नदीमा बनेको अवरोध जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेकाले दुवै नदीका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...

भर्खरै