नेभिगेशन
समाज

वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित

अध्यक्ष ओली श्रद्धान्जली  दिन भक्तपुर क्यान्सर अस्पताल जाँदै

काठमाडौँ । झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण एमालेले आज आयोजना गरेको केन्द्रीय सदस्यहरुको सपथ ग्रहण स्थगित भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार आज दिउसो ३ बजे पार्टी कार्यलय च्यासलमा आयोना गरिएको सपथ ग्रहण कार्यक्रम भोली असोज १६ गते दिउसो ३ बजेलाई सारिएको अधिकारीले जानकारी दिए । 

Ncell
Extreme Energy

एमालेले असोज ५ देखि ८ गतेसम्म आयोजना गरेको केन्द्रीय कमिटीबाट ३३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । 

यसैगरी नेता बस्नेतलाई अन्तिम श्रद्धान्जली दिन पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले विहान दुवाकोट स्थित क्यान्सर अस्पताल पुग्नेछन् । बस्नेतको आजै साढे ८ बजे पशुपति आर्यघाटको विद्युतीय शवगृहमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

२००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्ये एक थिए । पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष जेलजीवन बिताएका थिए । लामो समय देखि क्यान्सर रोगबाट पीडित बस्नेतको गए राती उपचारका क्रममा निधन भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देउवा समूहको वडा अधिवेशन आजदेखि, देउवाले गरे अपिल

देउवा समूहको वडा अधिवेशन आजदेखि, देउवाले गरे अपिल

नेपाली कांग्रेसको देउवा समूहले पनि समानान्तररुपमा छुट्टै १५औँ महाधिवेशनको तयारी सुरु गरेको छ ।
वरिष्ठ अधिवक्ताको मापदण्ड फेर्न प्रस्ताव

वरिष्ठ अधिवक्ताको मापदण्ड फेर्न प्रस्ताव

वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने विद्यमान मापदण्डलाई समयानुकूल परिमार्जन गर्दै व्यवस्थित, मर्यादित र वस्तुनिष्ठ बनाउन नेपालगञ्जका कानुन व्यवसायीले आग्रह गरेका छन् ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् ६ वटा कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् ६ वटा कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
आज यी स्थानमा वर्षा हुने

आज यी स्थानमा वर्षा हुने

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।