नेभिगेशन
समाज

थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

काठमाडौँ । काठमाडौँको थापाथलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । रौतहटको कटहरिया नगरपालिका–२ का २६ वर्षीय चन्द्रमान दास तत्माको मृत्यु भएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका निज चन्द्रमानको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीका अनुसार गएराति शंखमुलबाट थापाथलीतर्फ आउँदै गरेको बा४१प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो । रेलिङमा ठोक्किएपछि मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बाप्र०२०६२ प ९६३१ नम्बरको स्कुटरसँग समेत ठोक्किएको थियो ।

Ncell
Extreme Energy

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिलाई उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो । यस्तै, स्कुटर चालक र पछाडि सवार यात्रुलाई राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो ।

दुर्घटनामा रौतहट कटहरिया नगरपालिका–२ का २५ वर्षीय दिपेन्द्र दास, चितवनका २३ वर्षीय स्कुटर चालक सुदिप श्रेष्ठ र सर्लाहीका ३४ वर्षीय मोहन शाह घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

काठमाडौँको सामाखुसीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा एक हजार ९५७ वटा र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा एक हजार ७२८ वटा नमूना परीक्षणका लागि प्राप्त भएका छन् ।...
उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

आर्थिक अवस्था कमजोर रहेको परिवारले उपचारको बाँकी रकम भुक्तानी गर्न नसक्दा सोविताको पार्थिव शरीर घर ल्याएर अन्तिम संस्कार गर्न सकेको छैन । सोविताले भदौ ३१ गते विष सेवन...
वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

मौसम पूर्वानुमान महाशाखादेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हरेक दिन, हरेक क्षण मौसमको अपडेट गराइरहे । सम्भावित क्षतिबाट जोगिने उपाय खोज्न र जोखिम कम गर्न भनिरहे...
मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, चितवन, मनाङ, बागलुङ, रोल्पा, कालिकोट, गुल्मी, म्याग्दी, मुस्ताङ, हुम्ला, नवलपरासी पूर्व, पाल्पा, ललितपुर, लमजुङ, तनहुँ र पर्वतलगायत जिल्लाका सडक प्रभावित भएका...