नेभिगेशन
नेताका कुरा

हामीले गर्ने महाधिवेशन नै आधिकारिक होः प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेस संस्थापनइतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया सुरु गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समानान्तर महाधिवेशन गर्ने तयारीमा रहेको संस्थापनइतर समूहले बिहीबार वडा अधिवेशन आयोजना गरेको हो । यसैक्रममा काठमाडौँ क्षेत्र नम्बर १ को संयुक्त वडा अधिवेशन उद्घाटन गर्दै कांग्रेस नेता प्रकाशमान सिंहले देशभर प्रारम्भ भइरहेको वडा अधिवेशन पार्टी फुटाउन नभई सुदृढीकरणका लागि भएको बताए । उनले विशेष अधिवशेनको नाममा १४ औँ महाधिवेशनले दिएको म्यान्डेट बमोजिमको केन्द्रीय कार्यसमितिलाई भङ्ग गर्ने प्रयास र जालझेल स्वीकार्य नहुने उल्लेख गरे । 

Ncell
Extreme Energy

उनले गैर–वैधानिक कदमहरूले काङ्ग्रेसलाई कमजोर बनाउने दुष्प्रयास मात्र गर्ने भएकाले सत्य र नीतिको बाटोमा हिड्नुपर्ने धारणा राखे । आफुहरुले गर्ने महाधिवेशन नै आधिकारीक भएको उनको भनाइ छ । 

कांग्रेसको संस्थापन पक्षले यही असोज १८ गते महाधिवशेन सुरु गर्दैछ भने संस्थापनइतर समूहले पनि १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेका लागि तोेकेको छ । 

संस्थापनइतर समूहले असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मङ्सिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरि निर्वाचन आयोगलाई जानकारी समेत गराइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
पार्टीभित्र कुनै अन्तरविरोध छैनः डा. अमरेश कुमार सिंह

पार्टीभित्र कुनै अन्तरविरोध छैनः डा. अमरेश कुमार सिंह

सांसद सिंहले जनताको ठूलो आशा र भरोसा रहेको सरकारलाई असफल हुने कुनै छुट नभएको उल्लेख गर्दै वर्तमान सरकार ५ वर्षसम्म चल्ने र सफल हुने बताए ।
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको...
रासायनिक तथा प्राङ्गारिक मल व्यवस्थापनका लागि गम्भीताका साथ काम भइरहेको छः मन्त्री चौधरी

रासायनिक तथा प्राङ्गारिक मल व्यवस्थापनका लागि गम्भीताका साथ काम भइरहेको छः मन्त्री चौधरी

कृषि तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले रासायनिक मलको तत्कालीन व्यवस्थापनसँगै प्राङ्गारिक तथा जैविक मल प्रवर्द्धनका लागि आवश्यक कार्यविधि निर्माणको काम भइरहेको जानकारी दिइन् ।
थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

प्रहरीका अनुसार गएराति शंखमुलबाट थापाथलीतर्फ आउँदै गरेको बा४१प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो । रेलिङमा ठोक्किएपछि मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बाप्र०२०६२ प ९६३१...