नेभिगेशन
समाज

सुरु भयो कांग्रेस महाधिवेशन, सभापति थापाले गरे उद्‍घाटन

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँको खुलामञ्चमा सभापति गगनकुमार थापाले केही बेरअघि महाधिवेशनको उद्घाटन गरे । 

Ncell
Extreme Energy

सभापति थापाले बिरुवामा पानी राखेर तथा दीप प्रज्ज्वलन गरेर महाधिवेशनको उद्घाटन गरेका हुन् ।  सभापति थापासँगै मञ्चमा सहभागी अन्य दलका नेताहरुले पनि विरुवामा पानी राखेका थिए ।  

biruwama-jal-1791106746.jpg
 

महाधिवेशन तालिकाअनुसार आज असोजको १८ गते उद्घाटन सत्र, असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया हुनेछ ।

देशभर निरन्तरको वर्षाका कारण यही असोज १६ गतेका लागि निर्धारित महाधिवेशन आज सुरु गरिएको हो । महाधिवेशनमा करिव ७ हजार ७ सय महाधिवेशन प्रतिनिधि सहभागी छन् । 

महाधिवेशनअन्तर्गत खुलामञ्चमा नै बन्दसत्र सञ्चालन हुने छ । त्यसका लागि भिन्न भिन्न ठूला हलहरु बनाइएको छ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलगअलग प्रतिवेदन पेस गर्नेछन् । 

प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाई तीन फरक हलमा छलफल हुनेछ । हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउने प्रवक्ता देवराज चालिसेले बताए । 

उद्घाटन समारोहमा काठमाडौं कांग्रेसका सभापति कृष्णसबुज बानियाँ र बाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले सहभागीहरुलाई स्वागत गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना

कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई विभिन्न मुलुकका राजनीतिक दल तथा नेताहरूले शुभकामना दिएका छन्।
कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई

कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई

श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित भएको पार्टी भएको बताएका छन्।
बाढीले डुबाएको घर सफा गर्दै ८४ वर्षीय दक्षिण कोरियाली स्वयंसेवक

बाढीले डुबाएको घर सफा गर्दै ८४ वर्षीय दक्षिण कोरियाली स्वयंसेवक

विपद्का बेला मानवीय सहयोगका लागि भौगोलिक सीमा बाधक बन्दैन भन्ने सन्देश दिँदै दक्षिण कोरियाबाट आएको स्वयंसेवी टोलीले भोटेकोशी बाढी प्रभावित नुवाकोटमा घर तथा बस्ती सरसफाइको काम गरिरहेको छ।
दाउन्ने बस दुर्घटनाः मामा–भान्जाको निधनले एलगाउँ शोकमग्न

दाउन्ने बस दुर्घटनाः मामा–भान्जाको निधनले एलगाउँ शोकमग्न

दसैँको पूर्वसन्ध्यामा दाउन्नेमा भएको बस दुर्घटनामा एकै गाउँका मामा–भान्जाको मृत्यु भएपछि बाँकेको खजुरा गाउँपालिका–२ एलगाउँ शोकमा डुबेको छ।