नेभिगेशन
समाज

सुरु भयो कांग्रेस महाधिवेशन, सभापति थापाले गरे उद्‍घाटन

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँको खुलामञ्चमा सभापति गगनकुमार थापाले केही बेरअघि महाधिवेशनको उद्घाटन गरे । 

Ncell
Extreme Energy

सभापति थापाले बिरुवामा पानी राखेर तथा दीप प्रज्ज्वलन गरेर महाधिवेशनको उद्घाटन गरेका हुन् ।  सभापति थापासँगै मञ्चमा सहभागी अन्य दलका नेताहरुले पनि विरुवामा पानी राखेका थिए ।  

biruwama-jal-1791106746.jpg
 

महाधिवेशन तालिकाअनुसार आज असोजको १८ गते उद्घाटन सत्र, असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया हुनेछ ।

देशभर निरन्तरको वर्षाका कारण यही असोज १६ गतेका लागि निर्धारित महाधिवेशन आज सुरु गरिएको हो । महाधिवेशनमा करिव ७ हजार ७ सय महाधिवेशन प्रतिनिधि सहभागी छन् । 

महाधिवेशनअन्तर्गत खुलामञ्चमा नै बन्दसत्र सञ्चालन हुने छ । त्यसका लागि भिन्न भिन्न ठूला हलहरु बनाइएको छ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलगअलग प्रतिवेदन पेस गर्नेछन् । 

प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाई तीन फरक हलमा छलफल हुनेछ । हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउने प्रवक्ता देवराज चालिसेले बताए । 

उद्घाटन समारोहमा काठमाडौं कांग्रेसका सभापति कृष्णसबुज बानियाँ र बाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले सहभागीहरुलाई स्वागत गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।