नेभिगेशन
सबै कुरा

२ सय जना मात्र अट्ने कारागारमा ६ सय कैदीबन्दी

महोत्तरी । जिल्ला सदर मुकाम जलेश्वरस्थित कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् ।   जलेश्वर नगरपालिकाको वडा नं १ स्थित सो कारागारमा दुई सय कैदीबन्दी राख्ने क्षमता भएपनि छ सय दुई राखिएका छन् । जलेश्वर कारागार कार्यालय महोत्तरीका प्रवक्ता रवीनचन्द्र ठाकुरले  कारागारभित्रका कैदीबन्दीमा विभिन्न समस्या उत्पन्न हुन थालेको बताए ।

विसं १९१३ मा एक बिघा क्षेत्रफलमा निर्माण भएको दशकौँ पुराना सो कारागारको भौतिक संरचना पनि जीर्ण बनेको जनाइएको छ ।  कारागारमा हाल ३८  विदेशी (भारतीय)सहित छ सय दुई कैदीबन्दी बस्दै आएका बताए। 

Global Ime Bank

लामो समयदेखि मर्मतसम्भार नहुँदा कारागारमा वर्षाका समयमा पानी चुहिने, गर्मीको समयमा अत्यधिक गर्मी हुने र जाडोको बेला अत्यधिक जाडो भएर कैदीबन्दीको बसाइ कष्टकर हुने गरेको जनाइएको छ । अहिले कैदीबन्दीलाई सुत्ने, बस्ने, खाने तथा शौचालय र पानीको समेत समस्या हुन थालेको चौकीदार चनरदीप यादवले बताए । ती कैदीबन्दीका लागि कारागारभित्र केवल २४  कोठा, १५  शौचालय, सात ह्याण्डपाइप (कल) र छ धारामात्रै छन् । यसले कैदीबन्दीको दैनिक जीवनलाई प्रभावित बनाएको छ ।

उनले कोठा अभावमा कठ्याङ्ग्रिँदो जाडोमा धेरै कैदीबन्दीलाईबाहिर सुत्नुपर्ने , शौचालय जान पालो कुर्नुपर्ने, नुहाउन र पानी लिनका लागि लाइनमा बस्नुपर्ने तथा खुला आकाशमुनि खाना खानुपर्ने बाध्यता रहेको गुनासो गरे । 

उनले रुघाखोकी, भाइरल ज्वरोलगायतका कैदीबन्दीको जीवन प्रभावित बनेको चौकीदार यादवले बताए। उनका अनुसार कारागारमा २० गम्भीर प्रकृतिका बिरामी र अन्य विभिन्न स्वास्थ्य समस्या भएका कैदीबन्दी ठाउँ अभावका कारण सँगै खान, बस्न, सुत्न बाध्य छन् ।

हिउँदमा शीतलहर, चिसो हावा र कठ्याङ्ग्रिो जाडोको प्रत्यक्ष मारमा पर्छ भने वर्षा सुरु भएपछि पानी चुहिने र जम्नुको साथै ठूलो वर्षापछि बाढीको चपेटमा समेत पर्ने गरेको जनाइएको छ । सहरी विकास तथा भवन निर्माण विभागले जलेश्वर कारागार कैदीबन्दी बस्न अयोग्य भएको प्रतिवेदन नै बुझाएको बताइएको छ । 

जीर्ण भौतिक संरचना, क्षमताभन्दा बढी कैदीबन्दीको चाप, स्वस्थ्य खाद्यान्न तथा पानी आपूर्तिको अभाव, नियमित र स्तरीय स्वास्थ्य जाँचको अभाव, खेलकुद तथा मनोरञ्जनको अभावजस्ता समस्याका कारण विभिन्न रोगको समस्या बढ्दै गएको कारागार सुधारसम्बन्धी विगतमा गठित विभिन्न समितिको प्रतिवेदनमा उल्लेख छ । कारागार ऐन, २०१९ मा रोगी, थुनुवा वा कैदीलाई छुट्याई छुट्टै राख्नुपर्ने, पागल वा अर्धपागल थुनुवा वा कैदीलाई छुट्याई छुट्टै राख्नुपर्ने व्यवस्था रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अदालतबाट हतकडी भागेको थुनुवा बालाजु बसपार्कमा भेटिए

अदालतबाट हतकडी भागेको थुनुवा बालाजु बसपार्कमा भेटिए

चोरी कसुरमा पक्राउ परेको उनी  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिक १ घर भई हाल गंगबु बस्दै आएका थिए । उनलाई चोरीको आरोपमा २०८२ जेठ २० गते प्रहरी वृत्त लैनचौरले...
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित

संघीय निजामती सेवा सम्बन्धी विधेयक आइतबार प्रतिनिधि सभाबाट पारित भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि बहुमतले विधेयक अनुमोदन...
सर्वोच्च अदालतमा प्रस्तावित  दुई न्यायाधीशको संसदीय सुनुवाइ

सर्वोच्च अदालतमा प्रस्तावित  दुई न्यायाधीशको संसदीय सुनुवाइ

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई जना न्यायाधीशको सुनुवाइ गरेको छ । समितिले  वरिष्ठ अधिवक्ता मेघराज पोखरेल र  उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेलको आज सुनुवाइ...
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ५३ अङ्कले बढेर दुई हजार छ सय २२ दशमलव २८ को बिन्दुमा...