नेभिगेशन
सबै कुरा

२५ वर्षसम्म पनि सडक कालोपत्रे नभएपछि लोकमार्ग अवरुद्ध पारेर गाउँपालिका नै आन्दोलनमा

काठमाडौँ । ट्रयाक खुलेको २५ वर्षसम्म पनि सडक कालोपत्रे नभएपछि बागलुङका स्थानीय मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लोकमार्गको समस्याग्रस्त २५ किलोमिटर सडक निर्माणमा जिम्मेवार निकायहरू मुकदर्शक बनेकाे भन्दै आइतबार बिहानैदेखि जनप्रतिनिधि सहित स्थानीय हरुले सडक बन्द गराएका हुन् ।

Ncell
Extreme Energy

ठेकदार र लोकमार्ग आयोजनाकाे ढिलाईका बाबजुत संघीय सरकारले समेत बेवस्ता गरेपछि आन्दोलनको संयोजन स्थानीय सरकार काठेखोला गाउँपालिकाले नै गरेको छ ।

दुई वर्षमा सक्ने गरी निर्माणको जिम्मा पाएका निर्माण कम्पनीले ठेक्का सम्झौता भएको आठ वर्षसम्म पनि कालोपत्रे गरेकाे छैनन् । सडककाे दुइ खण्ड मध्ये एक खण्डको ठेक्का तोडिएको छ भने अर्काे खण्डमा थपिएको म्याद सकिइसकेको छ ।

'पुराना ठेक्का तोडिएपछि नयाँ ठेक्का प्रक्रिया सुरु गर्न दबाब दिन लोकमार्ग आयोजना कार्यालयदेखि अर्थमन्त्रालयसम्म पुग्दा पनि आश्वसान बाहेक ठोस जवाफ पाएनौ', काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले सिधाकुरासँग भने,'जनतासँग सडकमा निस्कन बाहेक हामीसँग विकल्प रहेन' ।


यस अघि पनि लोकमार्गको निर्माणलाई गति दिन विभिन्न रचनात्मक दबाबका कार्यक्रम गर्दै आएपनि सुनवाई नभएको काठेखोला गाउँपालिका ६ का वडा अध्यक्ष बृहस्पति कँडेल बताउँछन् ।

'जिल्ला प्रशासन कार्यालयमा लोकमार्ग आयोजना कार्यालय, निर्माण कम्पनीसहित धेरै पटक सर्वपक्षीय बैठक भए, सहमति भए तर कार्यान्वयनमा भने हामीलाई पनि ढाँटियो', वडा अध्यक्ष कडेलले गुनासो गरे ।

'सडक बन्द गर्नपूर्व एक सातासम्म प्रशासन देखि प्रदेश सरकार र संघीय सरकारलाई समेत औपचारिक जानकारी गराउँदै लोकमार्गनै बन्द गराउनु पर्ने अवस्थामा नपुर्याउन आग्रह गरेका थियौँ' वडा अध्यक्ष कँडेलले भने तर सुनवाई भएन ।

आइतबार बिहानै देखि लोकमार्गको बिहुँखण्डमा जनप्रतिनिधि र स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन् । संघिय सरकार र लोकमार्ग आयोजनालाई दबाब दिन आयोजना गरिएको आन्दोलन शान्तिपूर्ण हुने काठेखोला गाउँपालिका ५ का वडा अध्यक्ष ज्ञामनाथ कडेलले बताए ।

'२५ वर्षमा कृषि सडकबाट लोकमार्ग बन्यो, झन् दुख थपियो'

२०५६ सालमा बागलुङ बजारसँग पश्चिम क्षेत्रलाई जोड्ने कृषि सडकका रुपमा गैँची र बेल्चाले खनेर निर्माण सुरु गरिएको थियो । पछि यहि सडकलाई मध्यपहाडी पुष्पलाल लोकमार्गको रेखाङ्कनमा राखेर स्तरोन्नति सुरु भएको थियो । मध्यपहाडी नामकरण पछि स्तरवृद्धिलाई लागि सडक भत्काउनै १० वर्ष बितेको छ।

बागलुङ देखि बुर्तीबाङसम्मको १४२ किलोमिटर मध्ये सदरमुकाम समेत रहेको बागलुङ नगरपालिकासँगै जोडिएको काँठेखोला गाउँपालिकामा पर्ने २५ किलोमिटर सडकको दुराअवस्था छ ।

'पहिला सानो सडक हुँदा पनि धुलाम्मे थियो, सडक फराकिलो पार्न खन्न लागेको १० वर्ष भयो त्यसपछि झनै धुलो र हिलोको सास्ती बढेको छ,' स्थानीय हरिलाल निउरेले गुनासो गरे, 'सडक खनेर छोडिएको छ, बर्खामा हिलाम्मे हुन्छ, हिउँदमा धुलाम्मे, निउरे भन्छन्, सडकले निम्त्याएको पहिराले गाउँनै रित्तिन लागिसके ।'

अर्का स्थानिय रामप्रसाद कडेलले  भने  'सडक आएपछि गाउँ फेरिएको छ, मान्छे शहर झरेका छन तर धुलो उस्तै छ,' उनले भने, ' २५ वर्ष अघि भिरालो जमिनमा सडक खन्दा निस्केको माटो बगाउँदा धुलाले गाउँ छोप्थ्यो अहिले सवारी कुद्दा उडेको धुलोले छोपिन्छ ।'

“खाना पस्केर केही बेर छोड्ने हो भने धुलोले खानै नहुने हुन्छ, अरु दुःखका के कुरा गर्नु र”, स्थानीय डिलप्रसाद सापकोटाले गुनासो गरे, “एक दुई दिन भए पो सहनु, २५ वर्ष भयो ।”

सिजनमा ७ करोडसम्मको सुन्तला बेच्ने बिहुँमा धुलोले सुन्तलाको बगाननै छोपिएका हुन्छ । पहिला व्यापारीहरू बगानमै सुन्तला रोज्न आउँथे अहिले आफै टिपेर दिदाँ पनि लिन नआउने गरेकाे स्थानीयकाे गुनासो छ। 

ठेक्कामा गोलमाल

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको १२ किलोमिटर सडक खण्डका जिम्मा लिएको सूर्य कन्सट्रक्सनसँगको सम्झौता ३ महिना अघिनै रद्द गरिएको छ । बाह्र किलोमिटर सडक सम्झौता रद्द गरेको ठेक्कालाई पुनः ठेक्का आह्वान गरिएको छैन ।

समस्याग्रस्त जिल्ला सदरमुकामको उपल्लाचौर देखि घोडाबाँधेसम्मको २५ किमि सडकको जिम्मा पाएको दुई निर्माण कम्पनीमध्ये बिहुँ खण्डको कम्पनीसँग दुई महिनाअघि ठेक्का सम्झौता रद्द गरिएको थियो ।

बागलुङको उपल्लाचौरदेखि १३ किलोमिटर पहिलो खण्डको जिम्मा लिएको सिद्दिसाही जेभिसँगको ठेक्का सम्झौता मिति सकिएको छ । रद्द भएपछि पुनः ठेक्का लागि अर्थ मन्त्रालयमा पठाइए पनि मन्त्रलायले फाइल रोकेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारी बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन्।
हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौँ : रवि लामिछाने

हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गर्नुपर्ने प्रस्ताव राखेका छन्।

भर्खरै