नेभिगेशन
समाज

शनिबारसम्म वर्षा, त्यसपछि मौसम खुल्दै जाने सम्भावना

काठमाडौँ। नेपालमा जारी वर्षा शनिबारसम्म रहने र त्यसपछि क्रमशः मौसम खुल्दै जाने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार शनिबारसम्म वर्षाको क्रम जारी रहनेछ। त्यसपछि एक–दुई स्थानमा छिटपुट वर्षा भए पनि अधिकांश ठाउँमा मौसम खुल्दै जाने र दसैँको अनुभूति हुने सम्भावना छ।

Ncell
Extreme Energy

घटस्थापनाको भोलिपल्ट अर्थात् सोमबारदेखि किसानले धान काट्ने तथा हाइकिङ वा ट्रेकिङको योजना बनाउन सक्ने उनले बताएका छन्। तर लगातारको वर्षाले जमिन भिजेकाले यात्रा गर्दा बाटोको अवस्था बुझेर मात्र हिँड्न उनले सुझाव दिएका छन्। विभिन्न ठाउँमा पहिरोको जोखिम अझै रहेको उनको भनाइ छ।

पोखरेलका अनुसार आज धेरै ठाउँमा वर्षाको सम्भावना रहे पनि हिजोको तुलनामा वर्षा कम हुनेछ। भोलि वर्षा केही बढ्ने र पर्सि भने वर्षाको क्षेत्र र मात्रा दुवै घट्दै जाने पूर्वानुमान छ।

वायुमण्डल अझै अस्थिर रहेकाले केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित छोटो समय भारी वर्षा हुन सक्ने उनले बताएका छन्। उनले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना...
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट  ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती...
ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।