नेभिगेशन
सबै कुरा

पसिना बगाएर देश परिवर्तन गर्ने निलाे क्रान्ति सुरु भयाे: रवि लामिछाने

मेलम्ची । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पसिना बगाएर देश परिवर्तन गर्ने निलाे क्रान्ति सुरु भएकाे बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट सुरु गरेकाे देशब्यापी जिर्ण परियाेजना निर्माणका लागि दबाब यात्राकाे मेलम्चीमा उद्घाटन गर्दै लामिछानेले पार्टीले सुरु गरेकाे दबाब यात्रा रगत नभएर पसिना बग्ने क्रान्ति भएकाे बताए ।

‘अहिले पनि यो देशमा क्रान्तिको खाँचो रहेको छ । अबको क्रान्तिमा रगत नभएर पसिना बग्ने छ,' उनले भने,' रास्वपा अनुमगन गरी फोटो खिच्न मात्रै मेलम्ची आएको हाेइन । समस्या पहिल्याएर त्यसको समाधानसहितको समाधान पत्र दिन्छाै‌ ।'

यो देशमा धेरै रातो क्रान्तिहरु भएकाे भन्दै समापति लामिछानेले ति क्रान्तिहरुको कहिल्यै अवमूल्यन नगर्ने भन्दै  हिजोको राता क्रान्तिहरुमा रगत बगे पनि अबको निला क्रान्तिहरुमा आफूहरु पसिना बगाउन चाहेकाे बताए । 'अब पसिनाले यो माटोलाई सिंचने बेला आएको छ,'  उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।
सरकार गठन र संसद् विघठन दुबै संविधान विपरीत भएको अध्यक्ष ओलीको जिकिर

सरकार गठन र संसद् विघठन दुबै संविधान विपरीत भएको अध्यक्ष ओलीको जिकिर

एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार यहाँ आयोजित विद्वत्वर्गसँगको अन्तरसंवादमा अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि आवश्यकताको सिद्धान्तका नाममा सरकार गठन हुनु र संसद् विघठन हुन संविधानविपरीत भएको जिकिर...
बोलेरो जिपले ठक्कर दिँदा बालिकाको मृत्यु

बोलेरो जिपले ठक्कर दिँदा बालिकाको मृत्यु

शुक्रबार क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग.१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका–१ बागलुङपानीमा कृति तामाङको छोरी दुई वर्षीय नेरिमा तामाङको मृत्यु भएको जिल्ला...