नेभिगेशन
सबै कुरा

इच्छाराजलाई ३ वर्ष कैद सहित १ अर्ब ७२ करोड जरिवाना, परिवारकै सम्पत्ति जफत

काठमाडौं । विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ  बिगो भराउने आदेश दिएको छ । पूर्वसांसद समेत रहेका तामाङलाई विषेश अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गर्दै बिगो बराबरको जरिवाना पनि तोकेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै अदालतले उनकी पत्नी  सिर्जना तामाङलाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो सहित त्यति नै जरिवाना तोकेको छ  । 

Ncell
Extreme Energy

यस्तै इच्छाराजका मामा ससुरा  केवशराज श्रेष्ठलाई पनि डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र त्यति नै बराबरको जरिवाना तोकेको विशेष अदालतका  प्रवक्ता  धनबहादुर कार्कीले जानकारी दिए । 

साथै विशेष अदालतले इच्छाराज, पत्नी, दुई छोरीहरु, इच्छाराजका मामाससुरा केशवलाल श्रेष्ठ, केशवकी पत्नी मीनाको नाममा रहेको सम्पत्ति जफत गर्न पनि आदेश  दिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराजसहित उनकी पत्नी सिर्जना, दुई छोरी, अनि मामाससुरा केशवराज विरुद्ध २०७९ भदौमा सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भिसा विपरित कार्य गरेको आरोपमा जापानी नागरिक पक्राउ

भिसा विपरित कार्य गरेको आरोपमा जापानी नागरिक पक्राउ

सोमबार शंकास्पद क्रियाकलापमा संलग्न रहेको देखेपछि उनलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको हो। उनले सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल प्रवेश गरेको र नेपालमा अनुमति नलिई ६...
सुन्धारा कारागारबाट भागेकी सपना असनबाट पक्राउ

सुन्धारा कारागारबाट भागेकी सपना असनबाट पक्राउ

भागेर काठमाडौँको असन क्षेत्रमा बसेकी सपनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।  जन्मकैदको सजाय तोकिएकी तामाङ शुक्रबार राति १ बजे कारागारबाट फरार भएकी थिइन् ।
४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष गस्तीका क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

कोरलानाकाबाट शङ्कास्पद रूपमा लुकाईछिपाईकन भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को खानतलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट (भेप) फेला परेको हो ।