नेभिगेशन
सबै कुरा

धरहराकाे नि:शुल्क पार्किङ रोक्न बालेनलाई सरकारको पत्र, बालेन भन्छन् बन्द हुँदैन

काठमाडौं । काठमाडौं महानगरपालिकाले धरहरा क्षेत्रमा सुरु गरेको निुशल्क पार्किङ बन्द गराउन संघिय सरकारले पत्र लेखेपछि मेयर बालेन्द्र साह आक्रोशित भएका छन् ।

उद्घाटन गरेको २ वर्ष ९ महिनासम्म पनि धरहराको निर्माण पुरा नभएको तर पार्किङ सुरु गरेपछि शहरी विकास मन्त्रालयले धरहरा निमार्ण हुँदै छ,पार्किङ बन्द गर्नु भन्ने पत्र लेखेको बालेनले जनाएका छन् ।

Global Ime Bank

 शहरी विकास मन्त्रालयले बालेनलाई पठाएको पत्रमा के छ ?( पत्रसहित)

महानगर स्राेतकाअनुसार धरहरा भित्रकाे पार्किङ राेक्न केही दिन अघि शहरी विकास मन्त्रालयले काठमाडौं महानगरलाई पत्राचार गरेकाे थियो ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले निर्माण सुरु गरेकाे धरहरा परियोजना  प्राधिकरणकाे समयअवधि सकिएपछि शहरी विकास मन्त्रालयकाे जिम्मेवारीमा सरेको थियो । "धरहराकाे निर्माण कार्य नसकिएका कारण तत्काल साे ठाउँमा पार्किङ नगर्न नगराउन अनुरोध गरिन्छ " महानगरलाई मन्त्रालयले लेखेको पत्रमा भनिएको छ ।

 'पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथि रजाई गर्ने मनसाय देखिएको छ' बालेनले लेखेका छन् । 

यस्तो छ बालेनले लेखेको फेसबुक स्टाटस : २०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट " सेतो टावर " उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, "आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे " ।
तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, 'धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।'
उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो 'नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ' भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।
तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।
सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।
अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौ ।अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथी रजाइ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौ महानगरमा रहुन्जेल कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

टेरामक्स प्रकरणमा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ  धरौटीमा छाड्न विषेश अदालतले आदेश दिएको छ ।
सिनामङ्गलको हवाई डिपो स्थानान्तरणः  नागरिक उड्डयन प्राधिकरणकै कारण ढिलाइ

सिनामङ्गलको हवाई डिपो स्थानान्तरणः नागरिक उड्डयन प्राधिकरणकै कारण ढिलाइ

निगमका सिनामङ्गल डिपो प्रमुख प्रदीपकुमार यादवले आज पत्रकारसम्मेलनमार्फत प्राधिकरणबाट तोकिएको जग्गाको स्पष्ट सीमाङ्कन (चारकिल्ला छुट्याउने), ‘साइट क्लिरेन्स’ र प्रस्तावित डिपो क्षेत्रमा रहेका संरचना नहटाउँदा डिपो स्थानान्तरणको काम अघि...
रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका एस.ई.ई उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति घोषणा, असार २८ सम्म आवेदन दिन सक्ने

रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका एस.ई.ई उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति घोषणा, असार २८ सम्म आवेदन दिन सक्ने

कार्यक्रम अन्तर्गत कुल १५ जना उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ। जसअनुसार पहिलो स्थान प्राप्त गर्ने विद्यार्थीलाई मासिक रु. ५,०००, दोस्रो स्थानलाई रु. ३,५००, तेस्रो स्थानलाई रु. २,५००, र...
अवैध यौन धन्दा प्रहरीले नरोकेपछि महिला समूहको हस्तक्षेप, संलग्नलाई कुट्दै लखेटे

अवैध यौन धन्दा प्रहरीले नरोकेपछि महिला समूहको हस्तक्षेप, संलग्नलाई कुट्दै लखेटे

वडा नम्बर २, ३ र ४ का खाजा–नास्ता होटलहरूमा भारतको बिहारबाट आउने ग्राहक लक्षित गरी यौन धन्दा सञ्चालन भइरहेको स्थानीयको आरोप छ । उक्त गतिविधिले समाजमा गलत असर...

भर्खरै