नेभिगेशन
समाज

उदयपुरमा १ हजार ४० केजी गाँजा बरामद, बोलेरोसहित एक युवक पक्राउ

उदयपुर । उदयपुरमा गाँजा ओसारपसारविरुद्ध प्रहरीले गरेको कारबाहीका क्रममा एकै रात दुई छुट्टाछुट्टै स्थानबाट एक हजार ४० केजी ४४० ग्राम गाँजा बरामद भएको छ। घटनामा एक युवक पक्राउ परेका छन् भने गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीका अनुसार चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डमा पार्किङ गरी राखिएको बा १४ च २२५५ नम्बरको बोलेरो गाडीबाट २९ वटा बोरामा राखिएको ९४० केजी ४४० ग्राम गाँजा बरामद गरिएको हो। आइतबार राति करिब २ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले गाडी जाँच गर्दा उक्त परिमाणमा गाँजा फेला पारेको थियो। बरामद तौलमा बोरासमेत समावेश रहेको प्रहरीले जनाएको छ।

Marvel
Extreme Energy

त्यसैगरी, कटारी नगरपालिका–६ स्थित सागुरी पुलनजिकैको जंगलबाट प्रहरीले थप १०० केजी गाँजा बरामद गरेको छ। आइतबार राति करिब १०ः२० बजे गरिएको कारबाहीका क्रममा पाँचवटा बोरामा राखिएको गाँजासहित ताप्ली गाउँपालिका–२ का करिब २२ वर्षीय विश्वराज राई पक्राउ परेका हुन्। प्रहरीका अनुसार उनलाई तीनतलेबाट सिरहातर्फ गाँजा लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ। पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ भने बोलेरो गाडीसहित गाँजा बरामद भएको अर्को घटनामा पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एलपी ग्यास आपूर्ति बढ्यो, एकै दिन १६१ बुलेट लोडिङ

एलपी ग्यास आपूर्ति बढ्यो, एकै दिन १६१ बुलेट लोडिङ

खाना पकाउने एलपी ग्यासको आपूर्ति बढाउन सरकारले गरेको पहलपछि एकै दिन १६१ बुलेट ग्यास लोडिङ भएको छ।
जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीलाई दुःख दिएको आरोपमा ७ जना बिचौलिया पक्राउ

जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीलाई दुःख दिएको आरोपमा ७ जना बिचौलिया पक्राउ

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सेवाग्राहीलाई दुःख हैरानी दिएको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।
इनम सापकोटाको मानव अधिकार संरक्षणको माग गर्दै आयोगमा उजुरी

इनम सापकोटाको मानव अधिकार संरक्षणको माग गर्दै आयोगमा उजुरी

प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मानव अधिकार संरक्षणको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ।
१५ वर्षदेखि कथा बनेको कमला पुल निर्माणको अन्तिम चरणमा

१५ वर्षदेखि कथा बनेको कमला पुल निर्माणको अन्तिम चरणमा

२०६८ जेठ ३१ गते। सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला पुल शिलान्यास गरिएको थियो।