नेभिगेशन
समाज

मासु खाँदा हड्डी अड्किए के गर्ने?

काठमाडौँ । दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले चिकित्सकले खानपानमा सावधानी अपनाउन सुझाव दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बढी चिल्लो र बोसोयुक्त मासु खाँदा केही व्यक्तिमा एसिड रिफ्लक्सको समस्या बढ्न सक्छ। मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किए गम्भीर समस्या निम्तिन सक्ने भएकाले सतर्क रहनुपर्ने वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विमलेशकुमार गुप्ताले बताए।

Ncell
Extreme Energy

दसैँमा खानपान गर्दा अपनाउनुपर्ने सावधानी, चिल्लो तथा बोसोयुक्त मासुले घाँटीको स्वास्थ्यमा पार्ने असर र घाँटीमा मासु वा हड्डी अड्किएमा गर्नुपर्ने उपायबारे समाचारदाता प्रगति ढकालले डा. गुप्तासँग गरेको कुराकानीको सम्पादित अंश :

प्रश्न : दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुरा बढी खाने चलन छ। यसले घाँटीको स्वास्थ्यमा कस्तो असर पार्छ?

उत्तर : यस्ता खानेकुरा बढी खाँदा घाँटीमा जलन र असहजता हुन सक्छ। पेटको अम्ल घाँटीसम्म फर्किने एसिड रिफ्लक्सका कारण घाँटी र छाती पोल्ने तथा घाँटीमा केही अड्किएजस्तो वा खसखस हुने महसुस हुन सक्छ। त्यसैले खानाको मात्रा र प्रकृतिमा ध्यान दिनुपर्छ।

प्रश्न : घाँटीमा एलर्जी हुने वा रुघाखोकी लागेर घाँटी दुख्ने व्यक्तिले दसैँमा चिल्लो र बोसोयुक्त मासु खान मिल्छ कि मिल्दैन?

उत्तर : घाँटीमा जलन वा एसिड रिफ्लक्सको समस्या भएका व्यक्तिले चिल्लो र बोसोयुक्त मासु कम खानु उपयुक्त हुन्छ। यस्ता खानेकुराले केही व्यक्तिमा रिफ्लक्स बढाउन सक्छन्। यस्तो अवस्थामा आफूलाई सहज हुने, पचाउन सजिलो खानेकुरा खानु र पर्याप्त पानी पिउनु राम्रो हुन्छ।

प्रश्न : दसैँमा मासु खाँदा मासुको टुक्रा वा हड्डी घाँटीमा अड्कियो भने कस्तो समस्या हुन सक्छ?

उत्तर : मासु वा हड्डी अड्किँदा निल्न गाह्रो हुने, घाँटीमा दुखाइ हुने र थुक निल्नसमेत समस्या हुन सक्छ। अड्किएको वस्तुले श्वासनलीमा अवरोध गरेमा सास फेर्न गाह्रो हुन सक्छ, जुन ज्यानै जोखिममा पार्ने अवस्था हो। हड्डी अड्किएको शङ्का भएमा आफैँ निकाल्ने प्रयास नगरी चिकित्सकको सहायता लिनुपर्छ।

प्रश्न : मासु वा हड्डी घाँटीमा अड्किएमा तत्काल के गर्ने र के गर्नु हुँदैन?

उत्तर : अड्किएको वस्तु निकाल्न औँला घाँटीभित्र हाल्नु हुँदैन। भात, रोटी वा अन्य खानेकुरा निलेर त्यसलाई तल धकेल्ने प्रयास गर्दा चोट लाग्न सक्छ। निल्न नसक्ने वा थुकसमेत निल्न गाह्रो हुने अवस्था भएमा तुरुन्त अस्पताल जानुपर्छ।

यदि सास फेर्न नसक्ने, बोल्न नसक्ने वा प्रभावकारी रूपमा खोक्न नसक्ने अवस्था आएमा श्वासनलीमा अवरोध हुन सक्छ। यस्तो अवस्थामा तत्काल आपत्कालीन सहायता लिनुपर्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद

सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद

सुनसरीको दुहबीमा प्रहरीले एम्बुलेन्सबाट ५७४ किलोभन्दा बढी गाँजा बरामद गरेको छ।
भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

घरघरमा जमरा राखिएका छन्। कुलदेवताको पूजा भइरहेको छ र गाउँबस्तीमा दसैँको रौनक छ।
एनटी फाइबरको प्याकेजमा आकर्षण, अनलाइनबाटै जडानको अनुरोध गर्न सकिने

एनटी फाइबरको प्याकेजमा आकर्षण, अनलाइनबाटै जडानको अनुरोध गर्न सकिने

नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट प्याकेजप्रति ग्राहकको आकर्षण बढेको छ। नयाँ लाइन जडानबारे जानकारी लिन १९८ नम्बरमा सम्पर्क गर्ने ग्राहकको चाप बढेपछि टेलिकमले उक्त नम्बरको क्षमता वृद्धि गरेको...
सशस्त्र प्रहरीले किन दिँदैछ निःशुल्क बस सेवा

सशस्त्र प्रहरीले किन दिँदैछ निःशुल्क बस सेवा

बडादसैँका अवसरमा काठमाडौँ उपत्यकामा सर्वसाधारणको आवतजावत सहज बनाउन सशस्त्र प्रहरी बलले दुई वटा बस निःशुल्क सञ्चालन गरेको छ।