नेभिगेशन
समाज

यस्तो रहनेछ दसैँको टीकाको दिन मौसम

काठमाडौं । बुधबार बडादसैँको टीकाको दिन देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। मौसममा सामान्य बदली भए पनि अधिकांश स्थानमा टीका लगाउने र मान्यजनबाट आशीर्वाद लिने कार्य प्रभावित हुने गरी वर्षाको सम्भावना भने देखिएको छैन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसम पूर्वानुमानअनुसार देशका हिमाली भूभाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

Ncell
Extreme Energy

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यही प्रभावका कारण हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने अनुमान गरिएको हो।

दसैँको टीकाका लागि घरबाट बाहिर निस्कने तथा आफन्त र मान्यजनकहाँ जाने योजना बनाएकाहरूले आफ्नो क्षेत्रको मौसमबारे जानकारी लिएर यात्रा गर्न सक्नेछन्। विशेषगरी हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले सम्भावित हल्का वर्षा तथा हिमपातलाई ध्यान दिनु उपयुक्त हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

जीवित देवी कुमारीलाई मङ्गलबार राति हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ ।
एआईले खोल्दैछ इतिहासका गुप्त रहस्य

एआईले खोल्दैछ इतिहासका गुप्त रहस्य

कृत्रिम बौद्धिकता (एआई) को सहायताले दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको फ्रान्सेली सम्राट नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश समाधान गरिएको छ।
गगन थापाको शुभकामना : ‘दसैँको खुसी दुःखमा परेका परिवारसँग बाँडौँ’

गगन थापाको शुभकामना : ‘दसैँको खुसी दुःखमा परेका परिवारसँग बाँडौँ’

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा दसैँ मनाइरहेको उल्लेख गर्दै दुःखमा परेका परिवारसँग खुसी बाँड्न र एकअर्काको सहारा बन्न आग्रह गरेका छन्।
गङ्गापूर्ण हिमालमा सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी

गङ्गापूर्ण हिमालमा सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी

गङ्गापूर्ण हिमाल आरोहणका क्रममा अक्टोबर १५ देखि सम्पर्कविहीन भएका दुई जापानी पर्वतारोहीको खोजी तथा उद्धार जारी छ।