नेभिगेशन
सबै कुरा

अरुण चौधरीसहित तीनै जनालाई छोड्ने तयारीमा सीआईबी, अस्पतालबाट पनि डिस्चार्ज हुँदै

काठमाडौँ —  सीआईबीले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ गरेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई छाड्ने तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले काठमाडौ जिल्ला अदालतको आदेश अनुसार छाड्न लागिएको जनाएको छ । चौधरीमाथि किर्ते र ठगी मुद्दामा अनुसन्धान भने कायमै रहने सीआईबीका अधिकारीले जनाएका छन् । चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पनि छुड्ने जनाइएको छ । 

अदाललते दिएको समयमा अनुसन्धान नसकिएपछि उनीहरुलाई जमानीमा छाड्न लागिएको हो ।

City Express

काठमाडौ जिल्ला अदालतले  सोमबार चौधरीसहित तीन जालाई थप दुई दिन भित्र अनुसन्धान नसकिए जमानीमा छोड्न आदेश दिएको थियो । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । 

तीनै जना बिहिबार पक्राउ परेपनि उनीहरु सिआइबीको हिरासतमा भने बसेका थिएन । स्वास्थ्यमा समस्या देखिएको भन्दै सबैजना ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । सीआइबीले छाडेसँगै उनीहरु अस्पतालबाट पनि डिस्चार्ज हुने तयारीमा रहेको अस्पताल स्रोतले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।
छोराको प्रहारबाट बाबुको मृत्यु, आमा घाइते

छोराको प्रहारबाट बाबुको मृत्यु, आमा घाइते

मालिका –३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए ।