नेभिगेशन
सबै कुरा

अरुण चौधरीसहित तीनै जनालाई छोड्ने तयारीमा सीआईबी, अस्पतालबाट पनि डिस्चार्ज हुँदै

काठमाडौँ —  सीआईबीले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ गरेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई छाड्ने तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले काठमाडौ जिल्ला अदालतको आदेश अनुसार छाड्न लागिएको जनाएको छ । चौधरीमाथि किर्ते र ठगी मुद्दामा अनुसन्धान भने कायमै रहने सीआईबीका अधिकारीले जनाएका छन् । चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पनि छुड्ने जनाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अदाललते दिएको समयमा अनुसन्धान नसकिएपछि उनीहरुलाई जमानीमा छाड्न लागिएको हो ।

CG

काठमाडौ जिल्ला अदालतले  सोमबार चौधरीसहित तीन जालाई थप दुई दिन भित्र अनुसन्धान नसकिए जमानीमा छोड्न आदेश दिएको थियो । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । 

तीनै जना बिहिबार पक्राउ परेपनि उनीहरु सिआइबीको हिरासतमा भने बसेका थिएन । स्वास्थ्यमा समस्या देखिएको भन्दै सबैजना ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । सीआइबीले छाडेसँगै उनीहरु अस्पतालबाट पनि डिस्चार्ज हुने तयारीमा रहेको अस्पताल स्रोतले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एक जना पक्राउ

एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एक जना पक्राउ

पक्राउ पर्नेमा काठमाडौँ कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
प्रहरी हवल्दार मृत फेला, आशङ्कामा दुई जना पक्राउ

प्रहरी हवल्दार मृत फेला, आशङ्कामा दुई जना पक्राउ

घटना शङ्कास्पद देखिएकाले अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । मृत भेटिएका प्रहरी हवल्दार घर्तीको टाउको र निधारमा गहिरो घाउ रहेको...
कैलालीमा विद्युतीय धरापमा परेर तीन जना घाइते,  आशंकामा एक जना पक्राउ

कैलालीमा विद्युतीय धरापमा परेर तीन जना घाइते, आशंकामा एक जना पक्राउ

शनिवार राति धनगढी उपमहानगरपालिका–१७, डमौलियाका स्थानीय तेज खत्री, चन्द्रा देवी ओली  र श्याम साउँद  विद्युतीय धरापमा परेर घाइते भएका थिए । सो घटनाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको...
फेक रेस्क्यू प्रकरणः सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

फेक रेस्क्यू प्रकरणः सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले नेपालको हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्वतारोहणका क्रममा विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बिमा रकम ठगी गरेको अभियोगमा आज...