नेभिगेशन
पैसाका कुरा

शशिला मोटर्सले सिङ्गल चार्जमै ३०० किलोमिटर रेन्ज दिने कर्मशियल भ्यान नेपाल ल्याउँदै

काठमाडौं । शशिला मोटर्सले शक्तिसाली उलिङ्ग कर्मशियल भ्यान नेपाल भित्र्याउने भएको छ । नेपालमै पहिलो पटक ८ वर्ष वा ४ लाख किलोमिटर वारेन्टी भएको उलिङ्ग व्यवसायिक विद्युतिय भ्यान ल्याउन बिश्व प्रसिद्ध  इभी उत्पादक कम्पनी उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडसंग सम्झौता गरेको कम्पनीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस सम्झौता पश्चात शशिला मोटर्स प्रा.लि.र उलिङ्ग मोटर्सबाट उत्पादित इलेक्ट्रिक कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीहरुको लागि एकमात्र आधिकारक बितरकको रुपमा रहनेछ ।

Ncell
Extreme Energy


उक्त सम्झौतामा शशिला मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष खतिवडा र उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गरेका छन् । यसपछि नेपाली बजारमा उलिङ्गको ११ सिटर इभी भ्यानहरु सार्वजनिक हुनेछन् ।  आगामी नयाँ वर्ष वैशाखबाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले जानकारी दिए ।

उलिङ्ग इभी भ्यानमा नेपालकै पहिलो पटक इभी भ्यान सेग्मेन्टमा ८ वर्ष वा ४ लाख किलोमिटरको वारेन्टी हुनेछ । ४१.८७ किलोवाट आवर ब्याट्री प्रयोग हुनेछ भने कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक यो भ्यानमा प्रयोगमा आउने छ ।

सिङ्गल चार्जमा ३०० किलोमिटर रेञ्ज रहने भ्यानमा ११ सिट क्षमता सहितको बिशेषता हुनेछ । ४.९ मिटर लम्बाई भएकोले पर्याप्त खुल्ला ठाँउ सहित उत्कृष्ट आन्तरिक सजावट भ्यानमा रहेको कम्पनीको दाबी छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पैसाका कुरा
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्। यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...

भर्खरै