नेभिगेशन
सबै कुरा

सुन तस्करी प्रकरणमा महरा र भण्डारीसँग सुन जाँचबुझ आयोगले लियो बयान

विद्युतिय चुरोट भेपमा लुकाएर ल्याईएको ९ किलो सुन प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बयान लिएको छ  । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारस्थित पूरानो गृह मन्त्रालयको कार्यालयमा रहेको आयोगले महरासँग बिहीबार दिउँसो बयान लिएको हो।

Ncell
Extreme Energy

त्यस्तै आयोगले ६० किलो सुन प्रकरणमा बिध ल्यावका सञ्चालक भिमकान्त भण्डारीसँग  पनि बयान लिएको छ । भण्डारीले ६० किलो सुन प्रकरणका व्यवस्थापक दावा छिरिङसँगको कनेक्सन सिधाकुराले खुलासा गरेको थियो ।  उनीहरुबिच फोनमा पनि पटक–पटक संवाद हुने गरेको तथ्य बाहिरिएको थियो । 

सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी

२०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर सुन ल्याउने दाओजिङ वाङसँग कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको कनेक्सन देखिएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोले राहुल महरालाई योजनाकार भएको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । तर सरकारकी वकिलको कार्यालयले योजनाकार किटान गरिएपनि बयान नलिएको कारण थप अनुसन्धान गर्नुपर्ने बताएको थियो ।

त्यस्तै माओवादी उपमहासचिव वर्षमान पुनका प्रिय पात्र भिमकान्त भण्डारीलाई सीआइबीले कागज गराएर थप अनुसन्धान नै नगरी उन्मुक्ती दिइएको थियो ।

सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी

र्सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरु 

श्रृङ्खला १ : सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान 

श्रृङ्खला २ : सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी

श्रृङ्खला ३ : Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ? 

श्रृङ्खला ४ : EXCLUSIVE : सुन तस्करीका नाइके दावासँग पूर्व IGP धीरज प्रताप सिंहको ‘हिमचिम’ श्रृङ्खला ५ : तस्करीको सुन प्रशोधन गर्ने दावाको कम्पनीमा वर्षमान पुनको पारिवारिक साझेदारी श्रृङ्खला ६ : EXCLUSIVE : शहिद परिवारको भत्ता खाने दावा पत्नी अमलाको अटोमोबाइल्सदेखि क्यासिनोसम्म लगानी 

श्रृङ्खला ७ : विदेशी दावालाई नेपाली वंशज नागरिकता ‘होम डेलिभरी’ ! फर्जी विवरण झपेन्द्रद्वारा प्रमाणिकरण

श्रृङ्खला ८ : सुन तस्करहरुको मास्टर कोड ‘१० रुपैयाँको नोट’ 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।