नेभिगेशन
समाज

सिँचाइ मन्त्रालयद्वारा नदी नियन्त्रणमा पहिलो त्रैमासको भौतिक प्रगति सार्वजनिक

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनतर्फ ३४ दशमलव नौ प्रतिशत भौतिक प्रगति हासिल भएको विवरण सार्वजनिक गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाअन्तर्गतका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु पाँच अर्ब २० करोड ९० लाख बजेट विनियोजन गरिएको थियो । पहिलो त्रैमासिक अवधिमा रु ६२ करोड ७४ लाख खर्च गर्ने लक्ष्य रहेकामा रु १४ करोड ७० लाख खर्च भएको छ । यो त्रैमासिक बजेटको २३ दशमलव चार प्रतिशत हो ।

Marvel
Extreme Energy

महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार पहिलो त्रैमासमा दुई दशमलव नौ किलोमिटर तटबन्ध निर्माण तथा एक हेक्टर जग्गा उकास गरिएको छ । सो अवधिमा खर्चको तुलनामा भौतिक प्रगति भने बढी देखिएको छ ।

केही आयोजनाले त्रैमासिक भौतिक लक्ष्यभन्दा उल्लेखनीय प्रगति हासिल गरेका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुर (चितवन)ले त्रैमासिक भौतिक लक्ष्यको १६० दशमलव आठ प्रतिशत प्रगति गरेको महाशाखाका प्रमुख थापाले जानकारी दिए । उनका अनुसार समग्रमा पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनतर्फ ३४ दशमलव नौ प्रतिशत भौतिक प्रगति भएको हो ।

त्यस्तै, टार–बजार संरक्षण कार्यक्रमले लक्ष्यको १०८ प्रतिशत प्रगति हासिल गरेको छ । लमही (दाङ)ले ८६ दशमलव पाँच प्रतिशत, कञ्चनपुरले ८२ दशमलव पाँच प्रतिशत र जनकपुर (धनुषा) ले ८२ दशमलव तीन प्रतिशत भौतिक प्रगति गरेको महाशाखाले जनाएको छ ।

नदी नियन्त्रण, तटबन्ध निर्माण तथा जल उत्पन्न विपद्बाट जोखिममा रहेका बस्ती र खेतीयोग्य जमिनको संरक्षणका लागि महाशाखाले विभिन्न आयोजना सञ्चालन गर्दै आएको जानाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनले राति गुण्डु पुगेर किन भेटे ओलीलाई ?

गगनले राति गुण्डु पुगेर किन भेटे ओलीलाई ?

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् ।
कुकुर तिहारसम्बन्धी भिडियो रिल्स बनाउनुस्, एक लाख पुरस्कार जित्नुस् !

कुकुर तिहारसम्बन्धी भिडियो रिल्स बनाउनुस्, एक लाख पुरस्कार जित्नुस् !

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने भएको छ । नेपाल पर्यटन बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलको निर्देशनमा पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’...
कर्णालीको विकासमा बाधक कानुनी र नीतिगत समस्या फुकाउन पहल गरिने

कर्णालीको विकासमा बाधक कानुनी र नीतिगत समस्या फुकाउन पहल गरिने

कर्णाली प्रदेशको विकासमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पेस गर्ने निर्णय गरिएको छ ।
अमेरिकी डलरको भाउ निरन्तर ओरालो, कति पुग्यो ?

अमेरिकी डलरको भाउ निरन्तर ओरालो, कति पुग्यो ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९...