नेभिगेशन
समाज

कर्णालीको विकासमा बाधक कानुनी र नीतिगत समस्या फुकाउन पहल गरिने

कर्णाली । कर्णाली प्रदेशको विकासमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पेस गर्ने निर्णय गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुख्यमन्त्री मङ्गलबहादुर शाहीको अध्यक्षतामा मङ्गलबार सुर्खेत वीरेन्द्रनगरमा बसेको कर्णाली प्रदेश विकास समस्या समाधान समितिको बैठकले ‘कर्णाली प्रदेश अनुगमन तथा मूल्याङ्कन निर्देशिका २०७५’ अनुसार प्रस्ताव पेस गरिने छ । 

Marvel
Extreme Energy

प्रदेश विकास समस्या समाधान उपसमितिबाट पेश भएका कर्णाली प्रदेश विषयगत मन्त्रालयको मन्त्रालयगत विकाससँग सम्बन्धित समस्या समाधान गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पेस गर्ने निर्णय गरेको हो । 

त्यसमा वन क्षेत्रमा आयोजना निर्माण गर्दा स्वीकृति लिने प्रक्रियालाई पूर्णरुपमा सरल र सहज बनाइनुपर्ने र निश्चित क्षेत्रफल वा सीमासम्मका सार्वजनिक विकास निर्माणका कार्यको लागि वनको स्वीकृति लिनु नपर्ने कानुनी व्यवस्थाका लागि सङ्घीय सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको छ ।

कर्णाली करिडोरको मर्मत तथा स्तरोन्नति गरी जोखिम न्यूनीकरणका निम्ति सम्बन्धित सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । वैकल्पिक मार्ग, कृषि उपज स–्कलन तथा चिस्यान केन्द्रलाई प्राथमिकतामा राखी बजेट व्यवस्थापन गर्नुपर्नेछ । 

सङ्घीय वन ऐनलगायत वन क्षेत्रको जग्गा, भोगाधिकार प्राप्ति तथा रुख कटानसम्बन्धी कार्यमा सहज हुने गरी प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन हुने गरी सङ्घीय वन ऐन संशोधन गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनले राति गुण्डु पुगेर किन भेटे ओलीलाई ?

गगनले राति गुण्डु पुगेर किन भेटे ओलीलाई ?

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् ।
कुकुर तिहारसम्बन्धी भिडियो रिल्स बनाउनुस्, एक लाख पुरस्कार जित्नुस् !

कुकुर तिहारसम्बन्धी भिडियो रिल्स बनाउनुस्, एक लाख पुरस्कार जित्नुस् !

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने भएको छ । नेपाल पर्यटन बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलको निर्देशनमा पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’...
अमेरिकी डलरको भाउ निरन्तर ओरालो, कति पुग्यो ?

अमेरिकी डलरको भाउ निरन्तर ओरालो, कति पुग्यो ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९...
सिँचाइ मन्त्रालयद्वारा नदी नियन्त्रणमा पहिलो त्रैमासको भौतिक प्रगति सार्वजनिक

सिँचाइ मन्त्रालयद्वारा नदी नियन्त्रणमा पहिलो त्रैमासको भौतिक प्रगति सार्वजनिक

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनतर्फ ३४ दशमलव नौ प्रतिशत भौतिक प्रगति हासिल भएको विवरण सार्वजनिक गरेको...