नेभिगेशन
समाज

तिहारले आपसी सद्भाव र समृद्धिको भावना अभिवृद्धि गर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक, पौराणिक तथा वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र  प्रकाशको पर्व भएको बताएका छन् । तिहार पर्व २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै उनले यस पर्वले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालको मौलिक संस्कृति संरक्षण गर्ने महत्त्वपूर्ण कडीका रूपमा तिहार रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भाइटीका लगाउने, म्हपूजा गर्नाले प्रेम र स्नेह, सामाजिक एकता र समृद्धि, धर्म, दया र करुणा तथा अन्धकारमाथिको प्रकाशको विजय जस्ता सन्देश प्रवाह गरेको उल्लेख गरेका छन् । 

Marvel
Extreme Energy

तिहारमा काग, कुकुर, गाई, गोरु, पर्वतको सम्मान गर्ने तथा लक्ष्मी पूजामा भगवती लक्ष्मीको पूजा आराधना गरिने र भाइटीकामा दाजुभाई तथा दिदीबहिनीबीच आपसमा टीका लगाई हर्षोल्लासका साथ तिहार पर्व मनाइने राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ ।
 
‘मानव र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्धको स्वरूप  गोवद्र्धन  पर्वत, मानव र अन्य पशुपन्छी, जीवजनावर बीचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउन परिवार, प्रकृति, जनावर र देवता प्रतिको सम्मान र प्रेम झल्काउने यस पर्वमा सामाजिक भाइचारा र सद्भाव दर्शाउन दियो बाल्ने, मिठा परिकार खाने तथा देउसी भैलो खेल्ने परम्परा रहेको छ’, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले तिहारका माध्यमबाट प्रकट हुने विभिन्न सांस्कृतिक अभ्यासले मानवीय जीवनमा प्रकाश छरी सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा अग्रसर रहन प्रेरित गर्न सकोस् भनी कामना व्यक्त गरेका छन् । 

तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गर्ने राष्ट्रपतिको विश्वास छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शेरबहादुरलाई विश्वप्रकाशको प्रश्न– एउटा बिचौलियाले भन्यो अरे भन्ने हल्लाको पछि लाग्न हुन्छ ?

शेरबहादुरलाई विश्वप्रकाशको प्रश्न– एउटा बिचौलियाले भन्यो अरे भन्ने हल्लाको पछि लाग्न हुन्छ ?

नेपाली कांग्रेस काभ्रेले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपसभापति शर्माले देउवालाई इंगित गर्दै प्रश्न गरे– ‘एउटा बिचौलियाले भन्यो अरे भन्ने हल्लाको पछि लाग्न हुन्छ ?’