नेभिगेशन
समाज

तिहारको चहलपहल : बजारमा किनमेलदेखि घरघरमा केराका थामको सजावट

काठमाडौँ । यमपञ्चकको चौथो दिन सोमबार देशभर तिहारको चहलपहल बढेको छ। दीपावलीको तयारीसँगै बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड बढेको छ भने घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरू केराका थाम र फूलमालाले सजिन थालेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ लगायतका बजार क्षेत्रमा बिहानैदेखि सर्वसाधारण सागसब्जी तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न व्यस्त देखिएका छन्। तिहारका लागि आवश्यक खाद्यान्न, फलफूल, मिठाई, पूजासामग्री तथा अन्य सामग्री किनमेल गर्नेको चहलपहल बजारमा बढेको छ।

Marvel
Extreme Energy

मिथिला क्षेत्रमा भने लक्ष्मीपूजाको तयारीस्वरूप घर तथा पसलमा केराका थामबाट स्वागतद्वार बनाउने क्रम चलेको छ। धनुषाको महेन्द्रनगर बजारमा पसलहरू केराका थामले सजाइएका छन्। मिथिला परम्पराअनुसार लक्ष्मीपूजाका दिन केराका थामबाट स्वागतद्वार बनाएर घर तथा व्यापारिक प्रतिष्ठानमा लक्ष्मीको स्वागत गर्ने चलन छ।

यसैबीच, तिहारको अवसरमा भरतपुर महानगरपालिका–१ स्थित बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा पनि सामूहिक गौपूजा तथा गोवद्र्धन पूजा सुरु भएको छ। केन्द्रमा रहेका गाईको पूजा गरी तिहारको धार्मिक परम्परा मनाउन थालिएको छ।

तिहारमा गाईपूजा, गोवद्र्धन पूजा, लक्ष्मीपूजा र भाइटीकाको विशेष महत्त्व छ। फूलमाला, बत्ती र विभिन्न परम्परागत सामग्रीले घरआँगन सजाउनेदेखि आफन्त तथा परिवारसँग पर्व मनाउने तयारीले सहरदेखि गाउँसम्म उत्सवमय वातावरण बनेको छ।

यसरी बजारको किनमेल, केराका थामले सजिएका पसल र गौसंरक्षण केन्द्रमा सुरु भएको पूजाले तिहारको धार्मिक, सांस्कृतिक तथा सामाजिक रौनकलाई झल्काएका छन्।

AS_Dhanusha_RSS_22_kerathambikri1-1794194310.jpg

AS_Dhanusha_RSS_22_kerathambikri1-1794194310.jpeg

HB_KTM_RSS+23_1000196138(2)-1794194303.jpg

HB_KTM_RSS+23_1000196138(1)-1794194301.jpg

HB_KTM_RSS_23_1000196131(1)-1794194301.jpg

HB_KTM_RSS_23_1000196131(2)-1794194293.jpg

SA_NarayangadhChitwan_RSS_22_IMG_1099(2)-1794194294.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशीको कटानले हाकुबेँसीका १५६ परिवार जोखिममा, बस्ती स्थानान्तरणको माग

भोटेकोशीको कटानले हाकुबेँसीका १५६ परिवार जोखिममा, बस्ती स्थानान्तरणको माग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नहटेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका–१ स्थित हाकुबेँसीका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग...
तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

तिहार पर्वको सार्वजनिक बिदाका समयमा पनि बाजुरा जिल्ला अदालत खुला रहने भएको छ।
देवकोटाको ११८औँ जन्मजयन्तीमा वासुदेव त्रिपाठी र निर्मल अर्याल सम्मानित

देवकोटाको ११८औँ जन्मजयन्तीमा वासुदेव त्रिपाठी र निर्मल अर्याल सम्मानित

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती तथा नयाँबस्ती युवा क्लबको ४०औँ वार्षिकोत्सवका अवसरमा वरिष्ठ साहित्यकार वासुदेव त्रिपाठी र पत्रकार निर्मल अर्याल सम्मानित भएका छन्।
एनपीएलमा आज दुई खेल, पहिलो खेलमा पोखरा र कर्णाली भिड्दै

एनपीएलमा आज दुई खेल, पहिलो खेलमा पोखरा र कर्णाली भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत सोमबार दुई खेल हुँदैछन्।