नेभिगेशन
समाज

एनपीएलमा आज दुई खेल, पहिलो खेलमा पोखरा र कर्णाली भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत सोमबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दिनको पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। प्रतियोगितामा अहिलेसम्म जितविहीन रहेको पोखरा पहिलो जितको खोजीमा मैदान उत्रिँदा कर्णाली दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।

Marvel
Extreme Energy

पोखराले यसअघि खेलेका चारवटै खेलमा पराजय बेहोरेको छ। पछिल्लो खेलमा चितवन राइनोजसँग ३० रनले पराजित भएको पोखरा अंकविहीन रहँदै तालिकाको पुछारमा छ। उक्त खेलमा चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२१ रनमात्र बनाउन सकेको थियो।

कर्णालीले भने प्रतियोगितामा दुई खेल जितेको छ। चार खेलबाट चार अंक जोडेको कर्णालीलाई प्लेअफको सम्भावना बलियो बनाउन आजको खेल महत्त्वपूर्ण हुनेछ। पोखरालाई पनि प्रतियोगितामा पुनरागमन गर्न आजको जित आवश्यक छ।

दोस्रो खेल अपराह्न ५ बजे सुरु हुनेछ। उक्त खेलमा चितवन राइनोजले काठमान्डु गोर्खाजको सामना गर्नेछ। दुवै टोली पछिल्लो खेलमा जित निकालेर मैदान उत्रने भएकाले प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ।

काठमान्डु गोर्खाजले शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको थियो। काठमान्डुले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमै समेटिएको थियो। उक्त जितसँगै काठमान्डुले लगातार तेस्रो जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति बलियो बनाएको छ।

चितवनले पनि यसअघि पोखरा एभेन्जर्सलाई ३० रनले हराएको थियो। चार खेलबाट पाँच अंक जोडेको चितवन अंकतालिकाको चौथो स्थानमा छ। काठमान्डु भने चार खेलबाट छ अंकसहित दोस्रो स्थानमा छ।

एनपीएलको तेस्रो संस्करणमा आठ टोली सहभागी छन्। लिग चरणमा प्रत्येक टोलीले सात खेल खेल्नेछन्। लिग चरणका खेलबाट अंकतालिकाका शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्।

प्रतियोगितामा लुम्बिनी लायन्स सात अंकसहित शीर्ष स्थानमा छ। काठमान्डु गोर्खाज छ अंकसहित दोस्रो र सुदूरपश्चिम रोयल्स छ अंकसहित तेस्रो स्थानमा छन्। चितवन पाँच अंकसहित चौथो स्थानमा रहँदा जनकपुर बोल्ट्स, कर्णाली याक्स र विराटनगर किङ्सको समान चार अंक छ। पोखरा भने अंकविहीन छ।

लिग चरणका २८ खेलमध्ये १८ खेल सम्पन्न भइसकेका छन्। अब १० खेल बाँकी छन्। नोभेम्बर १५ सम्म लिग चरणका खेल सकिनेछन्। त्यसपछि नोभेम्बर १७ मा क्वालिफायर–१, १८ मा एलिमिनेटर, १९ मा क्वालिफायर–२ र २१ नोभेम्बरमा फाइनल खेल हुनेछ।

प्लेअफको दौड निर्णायक चरणतर्फ अघि बढिरहेका बेला आजका दुवै खेलले अंकतालिकाको समीकरणमा प्रभाव पार्नेछन्। विशेषगरी कर्णाली, चितवन र काठमान्डुका लागि आजको नतिजा शीर्ष चारमा स्थान सुरक्षित गर्ने यात्रामा महत्त्वपूर्ण हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज गाईपूजा गरिँदै, मीठा परिकार खुवाएर गौमाताको आराधना

आज गाईपूजा गरिँदै, मीठा परिकार खुवाएर गौमाताको आराधना

यमपञ्चक अर्थात् तिहारको चौथो दिन सोमबार गाईको पूजा गरी मीठा परिकार खान दिएर गाईपूजा मनाइँदैछ।
पश्चिमी वायुको आंशिक प्रभाव, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान...
केराका बोटबाटै अतिरिक्त आम्दानी

केराका बोटबाटै अतिरिक्त आम्दानी

मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ।