नेभिगेशन
मुख्य समाचार

घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटार नजिकै घोप्टेभीरमा सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार बिहानै घोप्टेभीरमा डाँडाबाट सुक्खा पहिरो खसेपछि काठमाडौं–मुग्लिन सडकखण्डमा यातायात ठप्प भएको हो। पहिरोका कारण राजमार्गको दुवैतर्फ सवारीसाधनको आवागमन रोकिएको छ।

Marvel
Extreme Energy

पहिरो हटाउन सडक आयोजनाले मेसिन तथा उपकरण परिचालन गरिसकेको नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर सचिन्द्र मिश्रले जानकारी दिए।

उनका अनुसार पहिरो पन्छाएर सडक पुनः सञ्चालनमा ल्याउन करिब तीन घण्टा लाग्ने अनुमान गरिएको छ। पहिरो हटाउने काम पूरा भएपछि मात्रै राजमार्गमा सवारीसाधनको आवागमन नियमित हुनेछ।

राजमार्ग अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर यात्रा गर्ने यात्रु तथा सवारीचालक प्रभावित भएका छन्। सडक खुल्न समय लाग्ने भएकाले यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
केराका बोटबाटै अतिरिक्त आम्दानी

केराका बोटबाटै अतिरिक्त आम्दानी

मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ।
डलरको भाउ स्थिर, युरो र पाउन्डसहित अधिकांश विदेशी मुद्रा सस्तिए

डलरको भाउ स्थिर, युरो र पाउन्डसहित अधिकांश विदेशी मुद्रा सस्तिए

नेपाल राष्ट्र बैंकले सोमबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।
डोल्पा कारागारबाट भागेका आठमध्ये छ कैदी पक्राउ, दुईको खोजी जारी

डोल्पा कारागारबाट भागेका आठमध्ये छ कैदी पक्राउ, दुईको खोजी जारी

जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीमध्ये छ जनालाई प्रहरीले पक्राउ गरेको छ।
भोटेकोशीदेखि बूढीगण्डकीसम्मका विपद् देखाएर नेपालले खोज्नेछ जलवायु न्याय

भोटेकोशीदेखि बूढीगण्डकीसम्मका विपद् देखाएर नेपालले खोज्नेछ जलवायु न्याय

भोटेकोशी, बूढीगण्डकी, लेन्दे खोला र थामेमा आएका विनाशकारी बाढीपहिरोका घाउ अझै निको भएका छैनन्।