नेभिगेशन
समाज

डोल्पा कारागारबाट भागेका आठमध्ये छ कैदी पक्राउ, दुईको खोजी जारी

कर्णाली । जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीमध्ये छ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार थप दुई जना पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या छ पुगेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का हरिबहादुर बुढा र जाजरकोटका यज्ञ विक रहेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ रङगाउँभन्दा माथिको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।

Marvel
Extreme Energy

पक्राउ परेका बुढा र विक दुवै जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्।

यसअघि कात्तिक १८ गते प्रहरीले रङगाउँस्थित कमला बुढाको घरमा लुकीछिपी बसेका कालीप्रसाद रोकाय र जाजरकोटका कपिल परियारलाई पक्राउ गरेको थियो।

त्यसैगरी कात्तिक १७ गते रुकुमपश्चिमका रामबहादुर विक र सल्यानका रेशम राना पक्राउ परेका थिए।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार गत कात्तिक १४ गते जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका थिए।

फरारमध्ये छ जना पक्राउ परिसकेको र बाँकी दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डलरको भाउ स्थिर, युरो र पाउन्डसहित अधिकांश विदेशी मुद्रा सस्तिए

डलरको भाउ स्थिर, युरो र पाउन्डसहित अधिकांश विदेशी मुद्रा सस्तिए

नेपाल राष्ट्र बैंकले सोमबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।
भोटेकोशीदेखि बूढीगण्डकीसम्मका विपद् देखाएर नेपालले खोज्नेछ जलवायु न्याय

भोटेकोशीदेखि बूढीगण्डकीसम्मका विपद् देखाएर नेपालले खोज्नेछ जलवायु न्याय

भोटेकोशी, बूढीगण्डकी, लेन्दे खोला र थामेमा आएका विनाशकारी बाढीपहिरोका घाउ अझै निको भएका छैनन्।
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...
१८ करोडको अडियोले कांग्रेसमा तरंग, पार्टी किनबेच भएको देउवाको टिप्पणी

१८ करोडको अडियोले कांग्रेसमा तरंग, पार्टी किनबेच भएको देउवाको टिप्पणी

गत पुस अन्तिम साता भएको कांग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दियो । निर्वाचन आयोगको निर्णयलाई गत वैशाख ४ गते सर्वोच्चले पनि सदर गरिदियो । विशेष महाधिवेशनबाट निर्वाचित...