नेभिगेशन
मुख्य समाचार

देवकोटाको ११८औँ जन्मजयन्तीमा वासुदेव त्रिपाठी र निर्मल अर्याल सम्मानित

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती तथा नयाँबस्ती युवा क्लबको ४०औँ वार्षिकोत्सवका अवसरमा वरिष्ठ साहित्यकार वासुदेव त्रिपाठी र पत्रकार निर्मल अर्याल सम्मानित भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

क्लबले आइतबार आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति त्रिपाठी र पत्रकार अर्याललाई सम्मान गरेको हो।

Marvel
Extreme Energy

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गा उप्रेतीले दुवैलाई सम्मान गर्दै नेपाली भाषा, साहित्य, वाङ्मय र संस्कृतिको उन्नयनमा उनीहरूले पुर्‍याएको योगदानको प्रशंसा गरे।

उनले साहित्यको विकासका लागि भाषा र शैलीमा आधुनिक वाक्यविन्यासको प्रयोग आवश्यक रहेको बताउँदै यसले नेपाली भाषालाई थप गतिशील र समृद्ध बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले साहित्यकारले समाजमा विद्यमान विसङ्गति र विकृतिविरुद्ध सिर्जनामार्फत आवाज उठाउनुपर्ने बताए। साहित्यले आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो।

सम्मानित साहित्यकार त्रिपाठीले सामाजिक विकासका लागि साहित्य सशक्त माध्यम भएको बताए। स्रष्टाले समाजका सांस्कृतिक सम्पदा, जातीय विविधता र आर्थिक पीरमर्कालाई गहिरो अध्ययन तथा अनुभूतिका आधारमा साहित्यमा प्रस्तुत गर्नुपर्ने उनको धारणा थियो। समाजको यथार्थलाई प्रभावकारी रूपमा अभिव्यक्त गर्न भाषा र शिल्पमा समेत दक्षता आवश्यक रहेको उनले बताए।

त्यस्तै, सम्मानित पत्रकार अर्यालले महाकवि देवकोटाको जन्मजयन्तीको अवसरमा सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा सामाजिक क्षेत्रमा थप क्रियाशील रहने प्रतिबद्धता जनाए।

नेपाली साहित्यका महत्त्वपूर्ण स्रष्टा देवकोटाको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा साहित्य, भाषा र सामाजिक योगदानको चर्चा गरिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

तिहार पर्वको सार्वजनिक बिदाका समयमा पनि बाजुरा जिल्ला अदालत खुला रहने भएको छ।
एनपीएलमा आज दुई खेल, पहिलो खेलमा पोखरा र कर्णाली भिड्दै

एनपीएलमा आज दुई खेल, पहिलो खेलमा पोखरा र कर्णाली भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत सोमबार दुई खेल हुँदैछन्।
आज गाईपूजा गरिँदै, मीठा परिकार खुवाएर गौमाताको आराधना

आज गाईपूजा गरिँदै, मीठा परिकार खुवाएर गौमाताको आराधना

यमपञ्चक अर्थात् तिहारको चौथो दिन सोमबार गाईको पूजा गरी मीठा परिकार खान दिएर गाईपूजा मनाइँदैछ।
पश्चिमी वायुको आंशिक प्रभाव, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान...